नेभिगेशन
फोटो स्टोरी

स्याफ्रुबेंसीः त्यस्तो थियो, यस्तो भयो

बाढीअघि २०८० कात्तिक १ गते र  गत बिहीबारको स्याफ्रुबेंसीको सेटलाइट तस्बिर । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ मा पर्ने स्याफ्रुबेंसी हिमाली पर्यटन, व्यापार र यातायातको महŒवपूर्ण केन्द्र थियो । काठमाडौंबाट करिब १२० किलोमिटर उत्तरमा रहेको यो बजार धुञ्चे र कालिकास्थानपछि रसुवाको प्रमुख बजारमध्ये एक मानिन्थ्यो । लाङटाङ उपत्यका, लाङटाङ राष्ट्रिय निकुञ्ज तथा लाङटाङ पदयात्राका लागि स्याफ्रुबेंसी प्रमुख प्रवेशद्वार थियो ।
स्याफ्रुबेंसीमा करिब डेढ सय घरधुरी र स्थानीय, व्यापारी, चालक तथा सरकारी कर्मचारीसहित करिब ५ सयभन्दा बढी मानिसको बसोबास थियो । पर्यटकको लर्को रहने यो क्षेत्रमा एक दिनमा कति जना पुग्छन् र आआफ्नो गन्तव्यका लागि निस्कन्छन् भन्ने यकिन विवरण छैन । यो पहाडी बजारको अर्थतन्त्र मुख्यतः पर्यटन, चीनतर्फको व्यापार, यातायात र जलविद्युत् आयोजनासँग जोडिएको थियो । रसुवा उद्योग वाणिज्य संघका अनुसार बाढीअघि स्याफ्रुबेँसीमा मात्रै ३०÷३५ वटा होटल तथा रेस्टुरेन्ट सञ्चालनमा थिए । तीमध्ये सामान्य होटलदेखि पर्यटक लक्षित लज र तुलनात्मक रूपमा सुविधासम्पन्न होटलसम्म थिए । लाङटाङ जाने पदयात्रीका लागि यो खाना, बास, सामान खरिद र यातायात व्यवस्थापन गर्ने अन्तिम ठूलो बजारजस्तै थियो । पर्यटकीय सिजनमा होटल–लज भरिभराउ हुन्थे र बजारमा पर्यटकको चहलपहल बढ्थ्यो । तर गत बुधबारको विनाशकारी बाढीले यही चहलपहल भएको बजारलाई क्षणभरमै भग्नावशेषमा परिणत गरिदियो । घर, होटल, पसल, प्रहरी चौकी र मुख्य सडकसमेत बाढीले बगाएपछि स्याफ्रुबेंसीको पुरानो परिचय नै मेटिएको छ । तस्बिरः भेन्टर भाया एपी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी