नेभिगेशन
अर्थतन्त्र

न्यूयोर्कको ट्राभल एक्स्चेन्ज २०२६ मा नेपालको सहभागिता

काठमाडों । नेपालको कन्सुलर जनरल कार्यालय न्यूयोर्कले प्यासिफिक एशिया ट्राभल एसोसिएसन (पाटा) न्यूयोर्कद्वारा आयोजित ट्राभल एक्स्चेन्ज २०२६ मा सहभागिता जनाएको छ । 
सो कार्यक्रमले नेपालका विविध पर्यटकीय क्षेत्रको प्रदर्शन गर्नुका साथै अन्तर्राष्ट्रिय यात्रुहरूका लागि नेपाललाई प्राथमिक गन्तव्यको रूपमा प्रवद्र्धन गरेको छ । कार्यक्रममा सम्बोधन गर्दै कन्सुलर जनरल दधीराम भण्डारीले नेपालको समृद्ध सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य र साहसिक पर्यटनका अवसरहरूमा जोड दिए । 
हालैका बाढीपहिरोको सन्दर्भमा उनले प्रभाव देशको सानो क्षेत्रमा मात्र सीमित रहेको र अन्य पर्यटकीय गन्तव्यहरू सुरक्षित रहेको स्पष्ट पारे । उनले यात्रा व्यवसायीहरूलाई नेपाललाई आकर्षक र स्वागतयोग्य गन्तव्यको रूपमा प्रवद्र्धन गर्न आग्रह गर्दै पर्यटनले स्थानीय जनजीवन र आर्थिक पुनरुत्थानमा खेल्ने महत्वपूर्ण भूमिका उल्लेख गरे । साथै सम्भावित पर्यटकहरूलाई सही र समयमै जानकारी प्रवाह गर्न जोड दिए । पाटा न्यूयोर्कका अध्यक्ष जुलियन बेनिगासले पर्यटनले मानिस र राष्ट्रहरूलाई जोड्ने भूमिकामा प्रकाश पारे । पाटाकी प्रमुख कार्यकारी अधिकृत एलिजाबेथ चिनले अमेरिकी यात्रा बजारमा नेपालको उपस्थिति मजबुत बनाउने अवसरहरू औंल्याइन् । दुवै पाटा पदाधिकारीले नेपाललाई संयुक्त राज्य अमेरिकामा प्रवद्र्धन गर्न कन्सुलर जनरल कार्यालयसँग साझेदारी गर्न तयार रहेको बताए । 
यात्रा लेखक तथा सोसियल मेडिया इन्फुल्युन्सर सुश्री किआरा डि पाओलाले नेपालको हालैको यात्रा अनुभव साझा गर्दै नेपालीहरूको न्यानो आतिथ्य, जीवन्त संस्कृति र विविध आकर्षणहरूको प्रशंसा गरिन् । उनले हालैका बाढीबाट प्रभावित समुदायहरूलाई सहयोग पु¥याउन पर्यटनको महत्वमाथि पनि जोड दिइन् । कार्यक्रममा कूटनीतिक प्रतिनिधि, यात्रा व्यवसायी, पर्यटन उद्यमी, एयरलाइन्स, यात्रा लेखक र मिडिया व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्