मेष
हिम्मत र पराक्रम बढ्ने समय छ । कार्यक्षेत्रमा देखिएका अड्चनहरू क्रमशः हट्दै जानेछन् भने नयाँ कामको थालनी गर्न उत्साह मिल्नेछ । रोकिएको धन उठ्ने सम्भावना बलियो छ । दाजुभाइ तथा सहयोगीहरूको साथ पाइनाले जटिल काम पनि सहजै फत्ते हुनेछ । प्रतिस्पर्धात्मक काममा सफलता मिल्नेछ ।
वृष
आर्थिक कारोबारमा सावधानी अपनाउनुपर्ने दिन छ । बोलीको प्रभावले कतिपय काम बने तापनि अनावश्यक विवादमा पर्न सक्ने जोखिम रहेकाले सतर्क रहनुहोला । पारिवारिक जिम्मेवारी बढ्नाले केही व्यस्तता थपिनेछ । खानपानमा नियन्त्रण राख्नुहोला, मौसमी स्वास्थ्य समस्याले सताउन सक्छ ।
मिथुन
दिन लाभदायक र रमाइलो रहनेछ । नयाँ योजनाहरू अगाडि बढाउन अनुकूल वातावरण बन्नेछ । इष्टमित्र तथा आफन्तसँगको भेटघाटले मन प्रसन्न रहनेछ । व्यापार तथा व्यवसायमा आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन् । आफ्नो सिर्जनात्मक क्षमताको कदर हुने समय छ ।
कर्कट
अनावश्यक खर्च र दौडधुप बढ्न सक्छ । कामको सिलसिलामा केही चुनौती वा ढिलासुस्ती खेप्नुपर्ला । आँटेका काममा सोचेजस्तो तुरुन्तै प्रतिफल नआए पनि धैर्यतापूर्वक लाग्नु उपयुक्त हुनेछ । साँझपख टाढाको शुभ समाचारले मनमा उत्साह जगाउनेछ ।
सिंह
आम्दानीका मार्गहरू प्रशस्त हुनेछन् । लामो समयदेखि रोकिएका कामहरू बन्नाले आर्थिक लाभ प्राप्त हुनेछ । सामाजिक क्षेत्रमा मान–सम्मान बढ्नेछ भने साथीभाइको राम्रो सहयोग मिल्नेछ । नयाँ लगानी वा दीर्घकालीन योजनाका लागि आजको समय निकै फलदायी रहनेछ ।
कन्या
कर्मक्षेत्रमा उच्च पदस्थ व्यक्तिको साथ र प्रशंसा मिल्नेछ । रोकिएका प्रशासनिक वा सरकारी कामहरू अघि बढ्नेछन् । पदोन्नति वा नयाँ जिम्मेवारी प्राप्तिको बलियो योग छ । पारिवारिक सुख–शान्ति छाउनेछ भने समाजमा प्रतिष्ठा बढ्नेछ ।
तुला
धार्मिक, आध्यात्मिक तथा सेवामूलक कार्यमा रुचि बढ्नेछ । भाग्यले साथ दिने हुनाले बिग्रन लागेका कामहरू पनि सहजै सुल्झिनेछन् । लामो दूरीको यात्रा वा नयाँ सम्भावनाहरूको खोजी हुन सक्छ । अग्रजहरूको आशीर्वाद र सल्लाहले सही बाटो देखाउनेछ ।
वृश्चिक
चुनौतीपूर्ण परिस्थितिसँग जुध्नुपर्ने हुन सक्छ । स्वास्थ्यमा केही मन्दी वा कमजोरी महसुस हुनाले काममा ढिलाइ हुन सक्छ । आर्थिक लेनदेन वा जोखिमपूर्ण काममा हात नहाल्नु नै बुद्धिमानी हुनेछ । आफ्ना गोप्य योजनाहरू अरूलाई नखुलाउनुहोला ।
धनु
साझेदारी व्यवसाय तथा दाम्पत्य जीवन सुखमय रहनेछ । नयाँ सम्झौता वा व्यापारिक सहकार्यको प्रस्ताव आउन सक्छ । प्रियजनसँगको रमाइलो यात्रा वा भेटघाटको अवसर मिल्नेछ । कार्यक्षेत्रमा आफ्ना विचारहरू प्रभावकारी रूपमा प्रस्तुत गर्न सकिनेछ ।
मकर
शत्रु र प्रतिस्पर्धीहरू कमजोर हुनेछन् । पुराना रोग वा कानुनी झमेलाहरूबाट मुक्ति मिल्ने संकेत छ । कडा मिहिनेतको उचित फल मिल्नेछ, जसले गर्दा कार्यक्षेत्रमा आत्मविश्वास बढ्नेछ । आर्थिक स्थिति सन्तोषजनक रहनेछ ।
कुम्भ
बौद्धिक तथा रचनात्मक काममा सफलता मिल्नेछ । अध्ययन–अध्यापनमा लागेकाहरूका लागि प्रगतिशील समय छ । सन्तान वा अनुजहरूको प्रगतिले मन हर्षित बनाउनेछ । नयाँ कार्ययोजनाको खाका कोर्न उपयुक्त दिन रहनेछ । प्रेम सम्बन्धमा निकटता बढ्नेछ ।
मीन
घरायसी विषयमा केही असमझदारी वा तनाव देखिन सक्छ । जग्गाजमिन वा सवारी साधनसम्बन्धी काममा सावधानी अपनाउनुहोला । मनमा चञ्चलता वा अस्थिरता बढ्न सक्ने भएकाले महŒवपूर्ण निर्णय लिँदा हतार नगर्नु नै राम्रो हुनेछ । साँझपख स्थितिमा सुधार आउनेछ ।