नेभिगेशन
राशिफल

यस्तो छ आज २०८३ कार्तिक १० गते मंगलबारको राशिफल

मेष
लामो समयदेखि अवरुद्ध रहेका योजनाहरूले पुनः गति लिनेछन् । नयाँ कार्यको थालनी गर्न वा आर्थिक लगानी विस्तार गर्नका लागि समय निकै फलदायी देखिन्छ । कार्यक्षेत्रमा तपाईंका विचार र योजनाको कदर हुनेछ । रोकिएको धन फिर्ता आउने वा नयाँ आर्थिक स्रोत फेला पर्ने बलियो सम्भावना छ । पारिवारिक वातावरण सुखद र सहयोगी रहनेछ, जसले गर्दा मानसिक रूपमा शान्ति मिल्नेछ । साझेदारी व्यवसायमा हुनुहुन्छ भने साझेदारहरूसँगको समन्वय अझ मजबुत बन्नेछ ।

वृष
आजको दिन परिश्रमको उचित मूल्यांकन हुने समय छ । कार्यक्षेत्रमा जिम्मेवारी थपिए तापनि सहकर्मी तथा अग्रजहरूको सहयोगले कामहरू समयमै सम्पन्न हुनेछन् । व्यापार–व्यवसायमा नयाँ ग्राहक वा सम्झौताहरू फेला पर्नाले मनमा उत्साह थपिनेछ । मौसमी स्वास्थ्य समस्या वा थकानले केही सताउन सक्ने भएकाले खानपान र आराममा ख्याल राख्नुहोला । आर्थिक लेनदेनमा स्पष्टता कायम राख्नु नै दीर्घकालीन हितमा हुनेछ ।

मिथुन
अध्ययन, अनुसन्धान तथा बौद्धिक काममा उल्लेखनीय सफलता हासिल हुनेछ । नयाँ सीप सिक्न वा रचनात्मक काममा समय खर्चिन अनुकूल वातावरण बन्नेछ । साथीभाइ तथा आफन्तहरूसँगको संवादले पुरानो असमझदारी हटाउन मद्दत गर्नेछ । छोटो तथा फलदायी यात्राको सम्भावना छ । कुनै ठूलो आर्थिक वा प्रशासनिक निर्णय लिँदै हुनुहुन्छ भने हतार नगरी अनुभवी व्यक्तिको सल्लाह लिएर मात्र अघि बढ्नु बुद्धिमानी हुनेछ ।

कर्कट
घरायसी वातावरण र पारिवारिक दायित्वका कारण केही मानसिक दबाब महसुस हुन सक्छ । खर्चको मात्रा अनपेक्षित रूपमा बढ्ने संकेत रहेकाले बजेट सन्तुलनमा विशेष सावधानी अपनाउनुहोला । अरूको विवाद वा समस्यामा धेरै नमुछिनु नै उपयुक्त हुनेछ । धैर्य र संयमका साथ परिस्थितिलाई नियाल्नुभएमा दिनको उत्तरार्ध क्रमशः सहज र सकारात्मक बन्दै जानेछ । साँझपख नजिकको व्यक्तिको साथले मन हल्का हुनेछ ।

सिंह
प्रतिष्ठा र प्रभावमा वृद्धि हुने अनुकूल समय छ । कार्यक्षेत्र वा सामाजिक वृत्तमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने अवसर आउन सक्छ । आफ्ना प्रतिस्पर्धीहरूलाई पछि पार्दै नयाँ योजनाहरू सफलतापूर्वक कार्यान्वयन गर्न सकिनेछ । सरकारी वा प्रशासनिक तहमा रोकिएका कामहरूले निकास पाउनेछन् । आफन्त तथा दाजुभाइबीचको सम्बन्ध प्रगाढ बन्नेछ भने रोकिएका आर्थिक कारोबारहरू पनि सुल्झिने दिशातर्फ अघि बढ्नेछन् ।

कन्या
आर्थिक पक्ष सुदृढ रहने दिन छ । मिठास बोली र व्यावहारिक सन्तुलनका कारण जटिल परिस्थिति पनि सहजै समाधान गर्न सकिनेछ । पुराना समस्याहरूको किनारा लाग्नेछ भने नयाँ आम्दानीका बाटाहरू पहिचान हुन सक्छन् । पारिवारिक जमघट वा सहभोजमा सहभागी हुने अवसर मिल्नेछ । सामाजिक काममा गरिएको मिहिनेतले प्रशंसा दिलाउनेछ । भौतिक साधन वा सुविधाका वस्तु खरिद गर्ने योजना बन्न सक्छ ।

तुला
उत्साह र ऊर्जाले भरिपूर्ण दिन रहनेछ । कला, साहित्य वा सिर्जनात्मक क्षेत्रमा रुचि बढ्नेछ र त्यसबाट राम्रो लाभ पनि लिन सकिनेछ । नयाँ व्यावसायिक साझेदारी वा जिम्मेवारीको प्रस्ताव आउने सम्भावना छ । आत्मविश्वास बढेकाले कठिन निर्णयहरू लिन सहज हुनेछ । दाम्पत्य जीवन तथा प्रेम सम्बन्धमा मधुरता छाउनेछ । समाजमा तपाईंको कार्यशैलीको सकारात्मक चर्चा हुनेछ ।

वृश्चिक
दौडधुप र व्यस्तता बढे तापनि सोचेअनुसारको उपलब्धि पाउन केही समय कुर्नुपर्ने देखिन्छ । अनावश्यक खर्च नियन्त्रण गर्न ठोस योजना बनाउनु आवश्यक छ । आर्थिक कारोबार वा महत्त्वपूर्ण सम्झौता गर्दा कागजी विवरणहरू राम्ररी अध्ययन गरेर मात्र हस्ताक्षर गर्नुहोला । दिनभरि केही मानसिक तनाव रहे पनि साँझपख कुनै नजिकको व्यक्तिबाट सुखद समाचार सुन्न पाइनेछ, जसले मनमा शान्ति दिलाउनेछ ।

धनु
आम्दानीका नयाँ स्रोतहरू पहिल्याउन सकिने फलदायी दिन छ । विगतमा रोकिएका कामहरू सुचारु हुनाले आर्थिक स्थितिमा सुधार आउनेछ । कार्यक्षेत्रमा वरिष्ठ अधिकारी वा गुरुजनको मार्गदर्शन अत्यन्तै उपयोगी साबित हुनेछ । साथीभाइको सहयोगमा कुनै ठूलो योजनाको खाका कोर्न सकिनेछ । पारिवारिक सम्बन्ध प्रगाढ रहनेछ भने प्रेम जीवनमा पनि एकअर्काप्रतिको विश्वास र सम्मान बढ्नेछ ।

मकर
कर्मक्षेत्रमा उच्च पदस्थ वा प्रभावशाली व्यक्तिहरूको सद्भाव र समर्थन मिल्नेछ । प्रशासनिक झन्झट वा कानूनी जटिलता भएका कामहरू आज सहजै सल्टिने सम्भावना छ । पदोन्नति, जिम्मेवारी थप वा नयाँ रोजगारीको अवसर खोजिरहेकाहरूका लागि अनुकूल समय छ । दीर्घकालीन प्रतिफल दिने खालका नयाँ लगानीका योजनाहरू बनाउन सकिनेछ । स्वास्थ्य स्थिति सामान्य र उत्साहवद्र्धक रहनेछ ।

कुम्भ
धार्मिक, आध्यात्मिक वा सामाजिक सेवाका गतिविधिमा मन आकर्षित हुनेछ । भाग्यले साथ दिने भएकाले लामो समयदेखि अड्किएका कामहरू स्वतः सुल्झिँदै जानेछन् । टाढाको यात्रा वा नयाँ मानिसहरूसँगको भेटघाटले भविष्यका लागि नयाँ सम्भावनाका ढोका खोल्न सक्छ । अध्ययन वा लेखन कार्यमा संलग्न व्यक्तिहरूका लागि आजको दिन निकै उपलब्धिमूलक साबित हुनेछ ।

मीन
दिनको सुरुवाती समयमा केही अलमल वा काममा सुस्तता देखिन सक्छ । स्वास्थ्य र खानपानमा बेवास्ता नगर्नुहोला, विशेषगरी पेट वा मौसमी समस्याले सताउन सक्छ । अरूको भर परेर महत्त्वपूर्ण काम छोड्नु घातक हुन सक्छ, त्यसैले आफ्नै विवेक र सक्रियतामा भर पर्नुहोला । आफ्ना योजनाहरू गोप्य राखेर शान्तपूर्वक अघि बढ्दा दिनको पछिल्लो भागमा राम्रो नतिजा हात लाग्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्