मेष
आँटेका कामहरू समयमै सम्पन्न हुनाले मनमा उत्साह रहनेछ । नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ । कार्यक्षेत्रमा सहकर्मीहरूको राम्रो सहयोग मिल्नेछ । आर्थिक पक्ष सबल रहने देखिन्छ । पारिवारिक वातावरण सुखद रहनेछ । बोलीको प्रभावले रोकिएका कामहरू बन्नेछन् ।
वृष
दिन सामान्य फलदायी रहनेछ । खर्च बढ्ने सम्भावना रहेकाले योजना बनाएर मात्र धनको उपयोग गर्नुहोला । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । पारिवारिक छलफलमा धैर्यता अपनाउनु बुद्धिमानी हुनेछ । बौद्धिक कार्यमा रुचि बढ्नेछ ।
मिथुन
आयआर्जनका नयाँ बाटाहरू खुल्नेछन् । रोकिएका पुराना कामहरूले गति लिनेछन् । मित्रजनको साथले मनमा प्रसन्नता छाउनेछ । व्यापार व्यवसायमा सन्तोषजनक लाभ मिल्नेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ ।
कर्कट
कार्यक्षेत्रमा आफ्नै मिहिनेतले उच्च स्थान बनाउन सकिनेछ । नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसर मिल्नेछ । पारिवारिक भेटघाट बाक्लो हुनेछ । विशिष्ट व्यक्तिहरूसँगको सम्पर्कले भविष्यका निम्ति फाइदा पुग्नेछ । अभिभावकको सल्लाह शिरोपर गर्दा अधुरा कामहरू सजिलै सम्पन्न हुनेछन् ।
सिंह
भाग्यले साथ दिने समय छ । धार्मिक तथा परोपकारी कार्यमा मन जानेछ । लामो समयदेखि अड्किएका कामहरू सुचारु हुनेछन् । समाजमा मान–सम्मान वृद्धि हुनेछ । वैदेशिक क्षेत्रसँग सम्बन्धित कामहरूमा प्रगति देखिनेछ ।
कन्या
स्वास्थ्यका विषयमा केही सजग रहनुपर्ने दिन छ । खानपानमा विशेष ध्यान दिनुहोला । कार्यक्षेत्रमा अप्रत्याशित चुनौतीहरू देखा पर्न सक्छन् । महŒवपूर्ण निर्णय लिनुपूर्व अग्रजहरूसँग परामर्श गर्नु उचित हुनेछ । गोपनीयता कायम राख्दै आफ्ना कामहरूलाई निरन्तरता दिनु बुद्धिमानी हुनेछ ।
तुला
दाम्पत्य जीवन सुखमय रहनेछ । नयाँ साझेदारी वा सम्झौताका लागि अनुकूल समय रहेको छ । यात्राको योजना बन्न सक्छ । प्रियजनको साथ पाउँदा दिन उत्साहवर्धक बन्नेछ । व्यावसायिक क्षेत्रमा विस्तार हुने सम्भावना छ ।
वृश्चिक
प्रतिस्पर्धीहरूमाथि सहजै विजय प्राप्त गर्न सकिनेछ । जटिल लाग्ने कामहरू पनि सहज ढंगले फत्ते हुनेछन् । कानुनी वा प्रशासनिक झमेलाहरू समाधानतर्फ उन्मुख हुनेछन् । स्वास्थ्यमा स्फूर्ति बढ्नेछ ।
धनु
रचनात्मक तथा सिर्जनात्मक कार्यमा सफलता हात लाग्नेछ । सन्तान पक्षबाट खुसीको समाचार सुन्न पाइनेछ । बौद्धिक बहसमा अग्रता हासिल हुनेछ । लगानीका नयाँ अवसरहरू देखा पर्नेछन् ।
मकर
घरायसी विषयहरूमा ध्यान केन्द्रित हुनसक्छ । पारिवारिक वातावरण शान्त राख्न सहनशीलताको आवश्यकता पर्नेछ । भौतिक स्रोतसाधनको जोहो गर्दा खर्च बढ्न सक्छ । जग्गाजमिन वा सवारी साधन सम्बन्धी काममा केही ढिलाइ हुन सक्छ ।
कुम्भ
पराक्रम र आत्मविश्वास उच्च रहनेछ । छोटो तथा फलदायी यात्राको सम्भावना छ । दाजुभाइ तथा छिमेकीहरूको पूर्ण साथ मिल्नेछ । सञ्चारका माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । रोकिएका प्रशासनिक कामहरू सुल्झिनेछन् ।
मीन
आर्थिक लाभका दृष्टिले दिन सबल रहनेछ । मिठो बोलीले मानिसहरूलाई आकर्षित गर्न सकिनेछ । सञ्चित धनमा वृद्धि हुनेछ । कुटुम्ब तथा आफन्तजनसँगको सम्बन्ध अझ प्रगाढ बन्नेछ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ ।