नेभिगेशन
उपत्यका

पत्रकार विश्वमणि सुवेदी पक्राउ

पत्रकार नवराज मैनालीलाई खोज्दै प्रहरी नयाँ पत्रिकाको कार्यालयमा

काठमाडौं । पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार सुवेदीलाई पक्राउ गरिएको हो ।
नेपाल प्रेसका सम्पादक चिरञ्जीवी पौडेलले सादा पोसाकमा आएका प्रहरीले समाचार कक्षमै प्रवेश गरेर पत्रकार सुवेदीलाई पक्राउ गरेको बताएका छन् ।
त्यस्तै नयाँ पत्रिकाको कार्यालय पनि सादा पोसाकका प्रहरी पुगेका छन् । प्रहरीले नयाँ पत्रिकाका पत्रकार नवराज मैनालीलाई खोज्दै त्यहाँ पुगेका छन् ।
ती प्रहरीहरूले अपराध अनुसन्धान महाशाखाबाट सन्तोष खड्काको आदेशमा आफूहरू आएको बताएको नयाँ पत्रिकाका पत्रकार यम बमले जानकारी दिएका छन् ।
'अपराध अनुसन्धान महाशाखाबाट सन्तोष खड्काको आदेशमा आएको बताउनेहरू। कार्यालयभित्र ७ जना छन्। अफिस बाहिर गेटमा पनि बसेका छन्,' उनले भनेका छन् ।
नेपाल प्रेसका अनुसार ‘आइजी साब’को आदेशमा उनीहरू समाचार कक्षमै प्रवेश गरेका हुन्। प्रहरी महानिरीक्षकमाथि राजीनामाको दबाबसम्बन्धी समाचारको स्रोत खोज्नका लागि पक्राउ गरिएको नेपाल प्रेसले समाचारमा उल्लेख गरेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप उपत्यका
काठमाडौंबाटै नागरिकताको प्रतिलिपि

काठमाडौंबाटै नागरिकताको प्रतिलिपि

चोरी अभियोगमा चार जना पक्राउ

चोरी अभियोगमा चार जना पक्राउ