नेभिगेशन
खेलकुद
एनपीएल सिजन–२

काठमाडौंको दोस्रो जित

एनपीएलमा काठमाडौं गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौंले मंगलबार लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो ।

जितका लागि पाएको १५८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.१ ओभरमा १३५ रनमा रोकियो । जसमा शेर मल्लले सर्वाधिक २८, दिलीप नाथले २५ रन जोडे पनि हार टार्न सकेनन् । बलिङमा काठमाडौंका मिलिन्द कुमार र जेरार्ड एरास्मसले दुई/दुई विकेट झारे ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा जारी प्रतियोगितामा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १५७ बनाएको थियो । जसमा कप्तान करण केसीले अविजित ३४, आकाश त्रिपाठीले ३२, सन्तोष यादवले २६ रनको योगदान गरे । लुम्बिनीका कप्तान रोहित पौडेल, खेलाडीहरू शेर मल्ल, गुल्बादिन नायब, रूबेन ट्रम्पलम्यानले दुई/दुई विकेट लिए ।

योसँगै काठमाडौंले चार खेलबाट दुई हार र दुई जितसहित चार अंक जोडेको छ । काठमाडौंको ‘प्लेअफ’को सम्भावना जीवित छ । तीन खेल खेलेको लुम्बिनीले एक खेल मात्रै जितेको छ । यो हारले लुम्बिनीको ‘प्लेअफ’को सम्भावना कठिन बन्दै गएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद