नेभिगेशन
खेलकुद

विश्वकपमा उपविजेता टोलीलाई १० लाख

दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता हुन सफल नेपाली क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ(क्यान)ले नगदसहित सम्मान गरेको छ । त्रिवि क्रिकेट रंगशालामा मंगलबार क्यानले उक्त टोलीलाई नगद १० लाख रुपैयाँसहित सम्मान गरेको हो ।

दृष्टिविहीन महिला टोलीले ऐतिहासिक उपलब्धि र नेपाली क्रिकेटको गौरव बढाएको भन्दै क्यानले सम्मान गरेको जनाएको छ । सम्मान कार्यक्रममा क्यानका सचिव पारस खड्का लगायतको उपस्थिति थियो । श्रीलंकामा हालै सम्पन्न दृष्टिविहीन महिला टी–२० विश्वकपको फाइनलमा नेपाली टोली भारतसँग पराजित भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद