नेभिगेशन
खेलकुद

एसिया कपमा नेपालको पहिलो खेल श्रीलंकासँग

काठमाडौं । एसीसी पुरुष यू–१९ एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । युएईमा मंसिर २६ देखि हुने उक्त प्रतियोगिताको तालिका सार्वजनिक भएको हो । प्रतियोगितामा सहभागी हुने आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, पाकिस्तान, यूएई र मलेसिया छन् । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, अफगानिस्तान र नेपाल छन् ।

प्रतियोगिताका खेलहरू आईसीसी एकेडेमी र द सेभेन्स स्टेडियममा हुनेछन् । नेपालको पहिलो खेल श्रीलंकासँग डिसेम्बर १३ मा हुनेछ । दोस्रो डिसेम्बर १५ मा बंगलादेश र तेस्रो डिसेम्बर १७ मा अफगानिस्तानसँग छ । नेपालका सबै खेल सेभेन्स स्टेडियममा हुनेछन् । दुवै समूहबाट शीर्ष दुईमा रहने टोली डिसेम्बर १९ मा सेमिफाइनल खेल्नेछन् । उपाधि भिडन्त डिसेम्बर २१ मा हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद