नेभिगेशन
वातावरण

नेपालकाे पहिलो रामसार क्षेत्रकाे जैविक विविधतामा नकारात्मक असर

संसारभरी सिमसार क्षेत्रको जैबिक विविधता र त्यहाँको पारिस्थितिक पद्धतिको संरक्षणका लागि सन् १९७१ मा इरानको रामसार भन्ने शहरमा रामसार सन्धि भएको थियो । हाल नेपालमा भएको १० वटा रामसार क्षेत्र मध्य कोशी टापु बन्यजन्तु आरक्षण पहिलो रामसार क्षेत्र हो । सन् १९८७ मा रामसार क्षेत्र घोषणा गरिएको यसको कुल क्षेत्रफल १७६ वर्ग किलो मिटर रहेको छ । यहाँ ५०० भन्दा बढी प्रजातिका रैथाने र बसाईँ सर्ने चराहरू पाईन्छ । नेपालमा जंङली भैंसी (अर्ना) यस क्षेत्रमा मात्र पाईन्छ । यहाँबाट चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएका अर्नाहरू भने त्यहाँ बाच्न सकेनन् । कोसी टप्पुमा जंङ्गली हात्ती, फ्याउरो, निलगाई, मलहा बिरालो, डल्फिन, मृग जस्ता जनावरहरू पाइन्छ । सप्तकोशी नदीले कटान गरेर बनाएको यो संरक्षण क्षेत्र चरा पर्यटनको लागि प्रख्यात छ । नेपालमा अर्नाहरूको अन्तिम बिचरण गर्ने यस ठाउँमा अहिले भने खुला रुपमा घरपालुवा भैसीहरूसँग क्रस ब्रिड हुने हुनाले अर्नाहरूको वंशाणु खतरामा परेको देखिन्छ । मान्छेहरूसँगको बढ्दो द्वन्द, सप्तकोशी प्रदुसण, अनियन्त्रित रुपमा माछा मार्ने, चराहरूको शिकार गर्ने, जस्ता घटनाहरूले हाल भने यस क्षेत्रको जैविक विविधतामा नकारात्मक असर पारेको देखिन्छ । तस्बिर : दृष्टान्त बिडारी/ नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्