नेभिगेशन
उपत्यका

उजय शाक्यको नयाँ पुस्तक ‘Brandsutra 2.0’ सार्वजनिक

काठमाडौं । अनुभवी ब्रान्ड मार्केटिङ प्रोफेसनल उजय शाक्यको नयाँ पुस्तक ‘Brandsutra 2.0’ नेपाली बजारमा सार्वजनिक भएको छ। पुस्तकले मार्केटिङ र ब्रान्ड निर्माणसम्बन्धी व्यावहारिक अनुभवमा आधारित सामग्री प्रस्तुत गरेको छ।

आउटरिच नेपालका संस्थापक समेत रहेका शाक्यले पुस्तकमार्फत ब्रान्ड कसरी विकसित हुन्छ, कसरी सान्दर्भिक रहन्छ र किन असफल हुन्छ भन्ने विषयलाई सरल र व्यवहारिक ढंगले व्याख्या गरेका छन्। उनका अनुसार ब्रान्ड निर्माण छोटो प्रक्रिया नभई दीर्घकालीन सोच, सांस्कृतिक सन्दर्भको बुझाइ र जिम्मेवार अभ्यासमा आधारित हुनुपर्छ। पुस्तकले विशेषगरी ब्रान्ड संरक्षणको अवधारणा मा जोड दिएको छ।

पुस्तकका सम्पादक प्रोफेसर उज्ज्वल के. चौधरी रहेका छन्, जो दक्षिण एसियामा शिक्षा र सञ्चार क्षेत्रका अनुभवी व्यक्तित्वका रूपमा परिचित छन्।

 ‘Brandsutra 2.0’ विशेषगरी युवा मार्केटिङ प्रोफेसनल, विद्यार्थी, उद्यमी, व्यवसायी तथा ब्रान्ड लिडरहरूका लागि उपयोगी मानिएको छ। यस पुस्तकले रणनीतिभन्दा फराकिलो दृष्टिकोणलाई महत्व दिँदै पोजिसनिङ, सान्दर्भिकता, विश्वास, सिर्जनशीलता तथा दीर्घकालीन ब्रान्ड निर्माणबारे स्पष्ट सोच विकास गर्न सहयोग गर्ने लेखक शाक्यले बताएका छन्। पुस्तक नीमा एजुकेसन फाउन्डेसन द्वारा प्रकाशित गरिएको हो।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्