नेभिगेशन
उपत्यका

‘ड्रेपरी अफ टाइम’ सार्वजनिक

काठमाडौँ। पुष्पराज आचार्यको कविता संग्रह ‘ड्रेपरी अफ टाइम’ प्रकाशनमा आएको छ । बज्र बुक्सले शुक्रबार काठमाडौंमा कार्यक्रम आयोजना गरी उक्त कविता संग्रह सार्वजनिक गरेको हो । 
प्राडा अभि सुवेदी र कवि तीर्थ श्रेष्ठले आचार्यद्वारा लिखित कृति सार्वजनिक गर्दै समीक्षासमेत गरे । डा सुवेदीले आचार्यका रचनामा अन्तर मनका भावहरू शब्दमा उतारिएको बताए । उनले कविता लयमय हुनसके मात्र मीठा अनुभूति हुने बताउँदै आचार्यका रचनामा उत्साह, भाव, भोगाइसँगै आध्यात्मिक दर्शनको समेत मिश्रण भएको बताए । ‘विषयलाई सरल शैलीमा लेख्न सक्नु आचार्यको कविता लेखन खुबी हो,’ उनले भने, ‘उहाँको कविता लयमय छ ।’
त्यस्तै, कवि श्रेष्ठले आचार्यको कवितामा परिपक्वता झल्किएको बताए । ‘युवा, पाका दुवै पुस्ताको मनोविज्ञानलाई समेट्ने खालका उहाँका रचनाहरू पाठक तान्न सक्षम छन्,’ उनले भने, ‘आचार्यले शब्द होइन, कवितामा भाव बुन्नुभएको छ । भाव बुन्न सक्नु नै कविको सामथ्र्य हो ।’
अध्ययनका सिलसिलामा विदेशमा रहँदै आएका आचार्यको कविता यात्रा भने छन्द लयबाट सुरु भएको छ । डा सुवेदी भन्छन्, ‘मैले देखेका र महसुस गरेका भावना नै मेरा कविता हुन् ।’ बज्र बुक्सका प्रकाशक विदुर डंगोलले आचार्यका कविताले अंग्रेजी कविता साहित्यमा प्रशस्त सम्भावना बोकेको बताए ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्