नेभिगेशन
अर्थतन्त्र

‘ह्युन्डाईसँग शुभ यात्रा २०८३’ नयाँ वर्ष अफर

काठमाडौं । नेपालका लागि ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ वर्षलाई स्वागत गर्दै ‘ह्युन्डाईसँग शुभ यात्रा २०८३’ अफर घोषणा गरेको छ । यस नयाँ वर्ष ह्युन्डाईसँग सुरु गर्न चाहने ग्राहकका लागि यस अफरमा आकर्षक सुविधाहरू छन् ।
यस विशेष अफरअन्तर्गत ग्राहकले छनोट गरिएका ह्युन्डाई मोडेलहरूमा १ लाख ७५ हजारसम्म नगद छुट र ९६ हजार रुपैयाँसम्म नयाँ वर्ष बोनस पाउन सक्नेछन् । साथै, एक वर्षसम्मको निःशुल्क बीमा र सवारी कर, साथै मूल्यांकन एक्सचेञ्ज सुविधा पनि उपलब्ध हुनेछ, जसले गाडी किन्ने अनुभवलाई अझ सजिलो र फाइदाजनक बनाउँछ ।
यस अफरलाई अझ आकर्षक बनाउँदै ह्युन्डाईले आफ्ना भरपर्दा बिक्रीपछिका सेवाहरू पनि निरन्तर दिँदै आएको छ । यसअन्तर्गत ६ वर्षसम्मको निःशुल्क सर्भिस र ३ वर्षको वारेन्टी  समावेश छ, जसले गुणस्तर, भरपर्दोपन र दीर्घकालीन ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धता देखाउँछ ।
नेपालप्रतिको आफ्नो प्रतिबद्धता थप मजबुत बनाउँदै ह्युन्डाई नेपालले दुई वर्षदेखि क्रेटा र भेन्युजस्ता लोकप्रिय मोडेलहरू नेपालमै एसेम्बल गर्दै आएको छ, जहाँ पूर्णरूपमा नेपाली इञ्जिनियर र दक्ष जनशक्तिको प्रयोग गरिएको छ । पाँच अर्ब रुपैयाँभन्दा बढी लगानी गरिएको यस पहलले देशभित्रै क्षमता विकास, स्थानीय सीप प्रवर्धन र औद्योगिक विकासमा योगदान पु¥याइरहेको छ ।
लोकप्रिय मोडेलहरू र ग्राहकमैत्री सुविधासहित यो अभियानले नयाँ वर्ष २०८३ को सुरुवातलाई ग्राहकका लागि अझ फाइदाजनक र विशेष बनाउने लक्ष्य राखेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्