नेभिगेशन
अर्थतन्त्र

थ्रीजी बन्द गरी फोरजीमा रूपान्तरण गर्दै टेलिकम

काठमाडौं । नेपाल टेलिकमले निकट भविष्यमा थ्रीजी सेवा क्रमिकरूपमा बन्द गर्दै थ्रीजी सेवालाई फोरजीमा क्रमशः रूपान्तरण गर्ने कार्य अघि बढाएको छ । यसअनुसार थ्रीजी सिम प्रयोग गरिरहेका ग्राहकलाई सिम परिवर्तनका लागि भ्वाइस कल तथा एसएमएसमार्फत जानकारी गराइएको छ ।
सम्बन्धित ग्राहकले पुरानो सिमलाई फोरजी सिममा निःशुल्क रूपान्तरण गर्न सक्नेछन् । यसका लागि ग्राहकले पायक पर्ने नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ ।
फोरजीमा परिवर्तन गर्न ग्राहकले नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्रलगायत पहिचान खुल्ने कुनै आधिकारिक परिचयपत्रहरू देखाएर नयाँ फोरजी सिम लिन सक्नेछन् ।
नेपाल टेलिकमले थ्रीजी प्रयोगकर्तालाई फोरजीमा रूपान्तर गर्ने कार्यलाई तीव्र बनाएको छ । थ्रीजीभन्दा फोरजी प्रविधिको सिम चलाउँदा मोबाइल इन्टरनेटको गति र सेवाको गुणस्तरमा सुधार हुने भएकाले यसबाट ग्राहकलाई फाइदा हुने प्रवक्ता रवीन्द्र मानन्धरले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्