नेभिगेशन
अर्थतन्त्र

जेडटीईको गेमिङ स्मार्टफोन रेड म्याजिक ११ प्रो नेपालमा

काठमाडौं । ग्लोबल टेक जाएन्ट जेडटीईले नयाँ गेमिङ फ्ल्यागसिप स्मार्टफोन जेडटीई रेड म्याजिक ११ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ । यो अहिलेसम्मकै हाइएस्ट रेटेड गेमिङ फोन हो ।
जेडटीईको हाइ पर्फर्मेन्स नुबिया रेड म्याजिक सिरिजअन्तर्गत पर्ने यो गेमिङ स्मार्टफोन नेपालमा तीव्ररूपमा बढ्दै गएको मोबाइल गेमर तथा पावर प्रयोगकर्तालाई लक्षित गरी डिजाइन गरिएको हो, जसले उत्कृष्ट पर्फर्मेन्स, इमर्सिभ डिस्प्ले प्रविधि र लामो समय टिक्ने ब्याट्री क्षमता प्रदान गर्छ ।
जेडटीईको नुबिया लाइन–अप अन्तर्गतको प्रिमियम गेमिङ सब–ब्रान्ड रेड म्याजिकले एड्भान्स्ड कुलिङ सिस्टम, हाइ रिफ्रेस रेट डिस्प्ले र पर्फर्मेन्स–केन्द्रित इन्जिनियरिङसहित विशेष रूपमा तयार गरिएका गेमिङ स्मार्टफोनहरू प्रदान गर्दै ई–स्पोट्र्स र मोबाइल गेमिङ क्षेत्रमा बलियो विश्वव्यापी प्रतिष्ठा निर्माण गरेको छ ।
नेपाली बजारमा यस गेमिङ फोनको प्रवेशले ब्रान्डको विश्वव्यापी विस्तार रणनीतिलाई मात्र प्रतिबिम्बित नगरी नेपालमा विकास भइरहेको गेमिङ इको–सिस्टमको परिपक्वतालाई पनि देखाएको छ, जहाँ गेमरहरू परम्परागत स्मार्टफोन भन्दा पनि विशेष गरी गेम खेल्नकै लागि बनेको गेमिङ फोनको खोजीमा छन् ।
अहिलेसम्मकै हाइएस्ट रेटेड गेमिङ फोन भनिएको जेडटीई रेड म्याजिक ११ प्रोले हाइ पर्फर्मेन्स चाहने गेमरका लागि हार्डवेयर र सफ्टवेयरको शक्तिशाली संयोजन प्रस्तुत गरेको छ । स्न्यापड्रागन ८ एलिट जेन ५ प्रोसेसर, १६ जिबी ¥याम र ५१२ जिबी स्टोरेज भएको यस गेमिङ स्मार्टफोनले हेभी प्रयोग गर्नुपर्ने अवस्थाहरूमा पनि सहज मल्टिटास्किङ र अत्यन्त स्मुथ गेम प्ले सुनिश्चित गर्ने कम्पनीले जनाएको छ । नेपालमा तीव्ररूपमा विस्तार भइरहेको मोबाइल गेमिङ इको–सिस्टमको लागि यस जेडटीई रेड म्याजिक ११ प्रो गेमरहरूको निर्विकल्प छनोट हुने कम्पनीको विश्वास छ ।
फ्लुइड भिजुअल र हाइ रेस्पोन्सिभनेसको लागि जेडटीई रेड म्याजिक ११ प्रोमा १४४ हट्र्जको रिफ्रेस रेट सहितको ६.८५ इन्च एमोलेड डिस्प्ले रहेको छ । तीव्र गतिका गेमिङ टाइटलहरू र भिडियो स्ट्रिमिङको प्रयोग गरिरहनुपर्ने नेपालका गेमर तथा कन्टेन्ट कन्ज्युमरहरूका लागि यस्तो उच्च रिफ्रेस रेट विशेष गरी अत्यन्त उपयोगी रहेको दाबी गरिएको छ ।
८० वाटको अल्ट्रा–फास्ट चार्जिङसहितको ७५०० एमएएचको शक्तिशाली ब्याट्रीले बारम्बार चार्ज गर्नुपर्ने झञ्झट बिना लामो समयसम्म फोन प्रयोग गर्न सकिन्छ, जुन दिनभरि गेमिङ, स्ट्रिमिङ र सञ्चारका लागि स्मार्टफोनमा निर्भर रहने नेपाली प्रयोगकर्ताका लागि अत्यन्तै महत्वपूर्ण सुविधा हो ।
जेडटीई रेड म्याजिक ११ प्रोमा ५० मेगापिक्सेलको मेन सेन्सर, ५० मेगापिक्सेलको अल्ट्रा–वाइड लेन्स र २ मेगापिक्सेलको अक्जिलरी सेन्सरसहितको ट्रिपल रियर क्यामेरा सेटअप रहेको छ, जसले विभिन्न परिस्थितिहरूमा उच्च गुणस्तरीय तस्बिरहरू खिच्न सक्छ । १६ मेगापिक्सेलको फ्रन्ट क्यामेराले स्पष्ट सेल्फी र भिडियो कलको सुविधा प्रदान गर्दै सामाजिक सञ्जालमा कन्टेन्ट क्रिएटरहरू र दैनिक प्रयोगकर्ताहरू दुवैको आवश्यकतालाई सम्बोधन गर्छ ।
जेडटीई नेपालका प्रमुख कार्यकारी अधिकृत सविन श्रेष्ठले नेपालमा रेड म्याजिक सिरिजको आगमन हाम्रो विश्वव्यापी गेमिङ रणनीतिमा एक महत्वपूर्ण कदम भएको बताए । त्यस्तै शंकर ग्रुप एवं जगदम्बा मोबाइल्सका कार्यकारी निर्देशक सक्षम जटियाले नेपालमा पहिलोपटक जेडटीई रेड म्याजिक ११ प्रो औपचारिकरूपमा सार्वजनिक गर्न पाउँदा उत्साहित भएको धारणा राखे ।
१६ जिबी ¥याम र ५१२ जिबी स्टोरेज भेरियन्टमा उपलब्ध रेड म्याजिक ११ प्रोको मूल्य १ लाख ६४ हजार ९९९ रुपैइाँ निर्धारण गरिएको छ । लन्च अफरअन्तर्गत अग्रिम बुकिङ गर्ने ग्राहकले ५ हजार क्यास ब्याकसँगै २० हजारबराबरको रेड म्याजिक गेमिङ कन्सोल निःशुल्क प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्