नेभिगेशन
अर्थतन्त्र

कासगर समुदायका महिलालाई सिलाइकटाइ मेसिन हस्तान्तरण

काठमाडौं । सिद्धार्थ बैंकले कैलाली र बाँके जिल्लाका गरिब, विपन्न तथा सीमान्तकृत कासगर समुदायका महिलालाई सिलाइकटाइ मेसिन हस्तान्तरण गरेको छ । कैलालीका पाँच र बाँकेका १० गरी १५ महिलालाई मेसिन प्रदान गरिएको हो ।
कासगर समुदायका महिलाको जीवनस्तर उकास्ने तथा सिकेको सीपलाई व्यवहारमा उतार्न सहयोग पु¥याउने लक्ष्यसहित बैंकले यी मेसिन उपलब्ध गराएको जनाएको छ । यस सहयोगले महिलाको आर्थिक पक्षमा महŒवपूर्ण योगदान पु¥याउनुका साथै साना घरेलु उद्योग स्थापना गर्न प्रोत्साहन दिएको छ ।
सिलाइकटाइ सीपलाई व्यावसायिकरूपमा उपयोग गर्दै उनीहरूले लुगा सिलाउने, मर्मत गर्ने तथा अर्डरअनुसार काम गरी नियमित आम्दानी गर्ने वातावरण बन्ने अपेक्षा गरिएको छ । यसबाट परिवारको आर्थिक अवस्था सुधार हुनुका साथै बालबालिकाको शिक्षा, स्वास्थ्य र समग्र जीवनस्तरमा सकारात्मक प्रभाव पर्ने र महिलाहरूलाई आत्मनिर्भर बन्न प्रेरित गर्दै आफ्नै घर तथा समुदायमै बसेर आम्दानी गर्ने अवसर सिर्जना गर्ने बैंकको विश्वास छ ।
बैंकले दिगो विकास लक्ष्यलाई सधैं उच्च प्राथमिकतामा राखी समाजको विकासमा टेवा पु¥याउने उद्देश्य लिँदै विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको छ । आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिँदै जाने योजना रहेको बैंकले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्