नेभिगेशन
अर्थतन्त्र

नेप्से परिसूचकमा ७४ अंकको पहिरो


काठमाडौं । नेपाल एक्स्चेन्ज स्टक (नेप्से) परिसूचक बुधबार उच्च अंकले घटेको छ । आइतबार र सोमबार दुई दिनमै ११८.७६ अंकले घटेको नेप्से परिसूचक मंगलबार १९.७० अंकले बढे पनि बुधबार फेरि ७४.७३ अंकले घटेर २७७६.३६ अंकमा झरेको छ ।
कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान अघि बढ्नुका साथै एमालेले अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध देशव्यापी आन्दोलन घोषणा गरेपपछि लगानीकर्तामा मनोवैज्ञानिक त्रास बढेको विश्लेषकहरुले बताएका छन् ।
नेप्से घटे पनि बुधबार कारोबार रकम भने बढेको छ । मंगलबार ११ अर्ब ११ करोड २४ लाख १८ हजार रुपैयाँबराबरको २ करोड ७९ लाख ४२ हजार ७७९ कित्ता शेयर कारोबार भएको बजारमा बुधबार १२ अर्ब १० करोड ९५ लाख २५ हजार रुपैयाँबराबरको ३ करोड २ लाख ९२ हजार ४५२ कित्ता शेयर किनबेच भएको छ ।
नेप्सेमा सूचीकृत सबै समूह राताम्मे भएका छन् । सबैभन्दा धेरै अन्य समूह ५.२६ प्रतिशतले घटेको छ । त्यस्तै व्यापार ३.९६, निर्जीवन बिमा २.२२, म्युचुअल फण्ड ०.९७, लघुवित्त १.९९, उत्पादन तथा प्रशोधन ०.३९, जीवन बिमा २.०२, लगानी २.६७, जलविद्युत् २.८१, होटल तथा पर्यटन २.१२, वित्त ३.०३, विकास बंैक ३.८१ र बंैकिङ समूह २.३१ प्रतिशले घटेको छ ।
कुल १३ कम्पनीको शेयर बढ्दा २५५ वटाको घटेको छ । बजार उच्च अंकले घट्दा पनि ६ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । रिलायन्स स्पिनिङ मिल्स र सुपर खुदी हाइड्रोपावर १० प्रतिशतले बढेको छ । त्यस्तै भुजुङ हाइड्रोपावर ९.९९, रिज लाइन इनर्जी ९.९९ र सूर्यकुन्ड हाइड्रोइलेक्ट्रिक ९.९९ र होटल फरेस्ट इन ९.९८ प्रतिशतले बढेको छ ।
नेपाल पुनर्बीमाको मूल्य सबैभन्दा धेरै ९.८४ प्रतिशत घट्यो । त्यस्तै सप्तकोशी विकास बैंकको ७.२८, नेशनल हाइड्रोपावरको ७.१७, शिवश्री हाइड्रोपावरको ७.००, हिमाल दोलखा हाइड्रोपावरको ६.४१ प्रतिशत मूल्य घटेको छ । 
कारोबार रकमका आधारमा बुधबार हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको ७१ करोड ३१ लाख २६ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ । अपि पावर ४५ करोड ७२ लाख १६ हजार, ङादी ग्रुप ४३ करोड २३ लाख ३८ हजार, शिवम् सिमेन्ट ४२ करोड ८३ लाख ७८ हजार र नेपाल पुनर्बी ४२ करोड ६४ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्