नेभिगेशन
अर्थतन्त्र

नाडा र वाणिज्य विभागका महानिर्देशकबीच छलफल

काठमाडौं । नाडाको एक प्रतिनिधि मण्डलले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रोशन ज्ञवालीसँग अटोमोबाइल वस्तुहरुमा अधिकतम मूल्यसूचीसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल गरेको छ ।  
नाडा प्रतिनिधि मण्डलले वाणिज्य विभागले चैत ३० मा जारी गरेको प्रेस विज्ञप्तिका सम्बन्धमा विशेष ध्यानाकृष्ट भएको जनाएको हो । विदेशबाट आयात गरी नेपालमा बिक्री–वितरण गरिने सम्पूर्ण वस्तुको अनिवार्य अधिकतम खुद्रा मूल्य उल्लेख गर्नुपर्ने साथै वस्तु बिक्री गर्दा अनिवार्य बिलविजक जारी गर्ने व्यवस्थाको नाडाले सराहना गरेको गरेको छ । यसै सन्दर्भमा नाडाले विभिन्न चासो र जिज्ञासा राख्दै थप स्पष्टताको लागि लिखित पत्र बुझाउँदै समाधानका लागि आग्रहसमेत गरेको छ । 
नाडा प्रतिनिधि मण्डलले उल्लेखित विषयहरुलाई कसरी व्यावहारिक र कार्यान्वयन योग्य बनाउने, पुरानो स्टकमा भएका सामानको हकमा के गर्ने ? भन्सार विन्दुमै स्टिकर टाँस्नुपर्ने व्यवस्था कति व्यावहारिक हुन्छ भन्दै नाडाले सदैव फेयर ट्रेड र ट्रान्सपरेन्सी व्यवसायलाई आधिकारिक रुपमै प्रवर्धन गर्दै आएको जनाएको छ ।
महानिर्देशक ज्ञवालीले उपभोक्ता संरक्षण ऐन २०३५ मा भएको व्यवस्थालाई नै कार्यान्वयनमा ल्याइएको र वर्तमान सरकारको १०० बुँदे शासकीय योजनामा समेत यो विषयलाई प्राथमिकताका साथ कार्यान्वयनमा ल्याउने उल्लेख भएकाले विभाग यसलाई कार्यान्वयनमा ल्याउन प्रतिबद्ध रहेको जनाए ।
यसको कार्यान्वयनमा आउने वाधा अड्चनहरु हटाउन विभाग तयार रहेको आश्वासन दिँदै उनले यसको कार्यान्वयनका लागि व्यवसायीहरुका तर्फबाट प्रतिबद्धतासमेत आउनुपर्ने बताए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्