काठमाडौं (संवाददाता) – सामसङ नेपालले दशैंका लागि फोल्डेबल स्मार्टफोन ग्यालेक्सी जेड फोल्ड सिक्स र ग्यालेक्सी जेड फ्लिप सिक्समा विशेष मूल्य कटौती गर्दै नेपाली बजारमा ल्याएको छ । कम्पनीका अनुसार अब यी फोनहरू पहिलेभन्दा धेरै सुलभ मूल्यमा उपलब्ध हुने भएका छन् ।
सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले सामसङमा रूपान्तरणकारी प्रविधि सबैका लागि उपलब्ध हुने विश्वास व्यक्त गरे । उनले यो दशैंमा विशेष मूल्यसहित सबैलाई हाम्रो अभूतपूर्व ग्यालेक्सी शृंखलाको अनुभव गर्न निम्तो दिएको बताए ।
‘प्रियजनहरूसँग माया बाँड्ने र पर्वको खुसीयाली मनाउने यी क्षणहरूलाई सक्षम पार्न पाउँदा हामीलाई गर्व लाग्नेछ,’ उनले भने ।
ग्यालेक्सी जेड फोल्ड सिक्स (१२ प्लस ५१२ जीबी) को अघिल्लो मूल्य दुई लाख २९ हजार ९९९ रुपैयाँ थियो । यसलाई अहिले घटाएर एक लाख ७९ हजार ९९९ रुपैयाँमा ल्याइएको छ । यसमा ५० हजार रुपैयाँ क्यासबेक उपलब्ध हुनेछ ।
त्यस्तै, ग्यालेक्सी जेड फोल्ड सिक्स (१२ प्लस २५६ जीबी) को अघिल्लो मूल्य २ लाख १४ हजार ९९९ रुपैयाँ रहेकोमा अहिले एक लाख ६४ हजार ९९९ रुपैयाँमा खरिद गर्न सकिनेछ । यसमा पनि ५० हजार रुपैयाँ क्यासबेक पाउन सकिन्छ ।
ग्यालेक्सी जेड फ्लिप सिक्स (१२ प्लस २५६ जीबी) को अघिल्लो मूल्य एक लाख ३९ हजार ९९९ रुपैयाँ थियो, जुन घटेर अहिले ९९ हजार ९९९ रुपैयाँमा उपलब्ध भएको छ । यसमा भने ४० हजार रुपैयाँ क्यास ब्याक हुनेछ ।
सामसङले नेपालभरका आधिकारिक स्टोरहरूमार्फत ‘सामसङ इन्स्टा फाइनान्स सेवा’ पनि उपलब्ध गराएको छ । यसमार्फत यी फोनहरूलाई शून्य प्रतिशत ब्याजदरमा सजिलो किस्ताबन्दी (ईएमआई) मा खरिद गर्न सकिनेछ ।
साथै, पूर्ण मनशान्तिका लागि कम्पनीले १८ महिनासम्मको यन्त्र बीमासमेत उपलब्ध गराउने जनाएको छ । यो सुविधाको लागि ग्राहकले केवल आफ्नो नागरिकताको प्रमाणपत्र प्रस्तुत गरे पुग्नेछ ।
सामसङ नेपालले यस योजनामार्फत उपभोक्ताहरूलाई नवीनतम प्रविधि अझ सहज र पहुँचयोग्य बनाउन योगदान गर्ने लक्ष्य लिएको जनाएको छ ।