नेभिगेशन
प्रदेश

मोटरसाइकलको ट्यांकीमा १२९ बोतल लागुऔषध

सर्लाही । सर्लाहीमा सशस्त्र प्रहरीले मोटरसाइकलको पेट्रोल ट्यांकीभित्र लुकाएर ल्याइएको अवस्थामा १ सय २९ बोतल प्रतिबन्धित लागुऔषध कोरेक्स बरामद गरेको छ । ब्रह्मपुरी–४ त्रिभुवननगरमा सहायक सीमा स्तम्भ नम्बर ३२४÷३ नजिक दशगजा क्षेत्रमा खटिएको गस्ती टोलीले उक्त लागुऔषध बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
शुक्रबार दिउँसो भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०१ एफभी ३३३१ नम्बरको मोटरसाइकललाई गस्तीले रोक्ने संकेत गरेको थियो । प्रहरीलाई देखेपछि अझ गति बढाएका चालक केही अगाडि मोटरसाइकल खोला किनारमा छाडेर भारततर्फ पसेका थिए । त्यसपछि मोटरसाइकल जाँच गर्दा पेट्रोल ट्यांकीभित्र लुकाएर राखिएका १०० एमएलका १ सय २९ बोतल कोरेक्स फेला परेको सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक अमरबहादुर खत्रीले जानकारी दिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्