नेभिगेशन
नेपाल

पहिरोले नारायणगढ–मुग्लिन र मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध

१८ असोज, काठमाडौं । देशका मुख्य राजमार्गहरूमध्येका नारायणगढ–मुग्लिन र मुग्लिन–नागढुंगा सडकखण्ड पुनः यातायात अवरुद्ध भएका छन् । वर्षासँगै आएको पहिरोले तुइन खोला र जवाङ खोलामा सडक पुरिदा सवारी सञ्चालन ठप्प भएको हो ।

यात्रु तथा मालवाहक सवारी साधन दुवैतर्फ अड्किँदा यात्रु हरू थप समस्यामा परेका छन् । प्रहरीका अनुसार वर्षा रोकिएर ढुंगा–माटो खस्ने प्रक्रिया थामिएपछि मात्र सडक सफा गर्ने प्रयास अघि बढाइनेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० गतेसम्म भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेकाले संयमित भएर यात्रा गर्न ती कार्यालयले संयुक्त रुपमा अनुरोध गरेका हुन् । 

बारम्बार हुने यस्ता अवरोधका कारण यो मार्ग प्रयोग गर्नेहरू असुविधामा पर्ने गरेका छन् । निरन्तर खुला राख्न नसक्दा यातायात क्षेत्र मात्र नभई आपूर्ति व्यवस्थामा समेत असर परेको स्थानीय व्यापारीहरू बताउँछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्