नेभिगेशन
नेपाल

छठको लागि बिहानैदेखि जनकपुरधामका छठघाटमा चहलपहल

छठको लागि बिहानैदेखि जनकपुरधामका पोखरी छठ घाटमा चहलपहल सुरु भएको छ । बिहानैदेखि पुजा गर्ने वर्त बस्नेहरु पोखरीतर्फ आइसकेको छन् । आज अस्ताउँदो सुर्यलाई अर्घ र भोलि बिहान उदाउदो सुर्यलाई अर्घ दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ दिएपछि यो पर्व समापन हुन्छ ।

सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान् चाड हो, छठ पर्व । तराईका सबै जातजातिले साझा रुपमा मनाउने यस पर्वको विशेषता हो । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ । यस पर्वमा चाहिने भाँडाकुँडा वस्तुजातको बन्दोबस्त तराईमा एक महिना अगाडिदेखि नै गर्न थालिन्छ । 

महाभारतका अनुसार द्रौपदीसहित पाण्डवहरू अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डवहरू मिथिलाको विराट राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

Janakpur_Chhath-festival_NPL17-1761558357.jpg

Janakpur_Chhath-festival_NPL16-1761558350.jpg

Janakpur_Chhath-festival_NPL14-1761558344.jpg

Janakpur_Chhath-festival_NPL15-1761558343.jpg

Janakpur_Chhath-festival_NPL13-1761558333.jpg

Janakpur_Chhath-festival_NPL12-1761558328.jpg

Janakpur_Chhath-festival_NPL11-1761558324.jpg

Janakpur_Chhath-festival_NPL10-1761558318.jpg

Janakpur_Chhath-festival_NPL9-1761558312.jpg

Janakpur_Chhath-festival_NPL8-1761558311.jpg

Janakpur_Chhath-festival_NPL7-1761558306.jpg

Janakpur_Chhath-festival_NPL6-1761558303.jpg

Janakpur_Chhath-festival_NPL5-1761558300.jpg

Janakpur_Chhath-festival_NPL4-1761558294.jpg

Janakpur_Chhath-festival_NPL3-1761558293.jpg

Janakpur_Chhath-festival_NPL2-1761558285.jpg

Janakpur_Chhath-festival_NPL1-1761558284.jpg

- तस्विर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्