नेभिगेशन
राशिफल

२०८२ मंसिर १५ गते साेमबारको राशिफल

मेष 

आज कामको चाप बढे पनि आत्मबल उच्च रहनेछ । रोकिएका काम अघि बढ्ने संकेत छन् । आर्थिक पक्ष सन्तोषजनक रहला । परिवारको सल्लाह उपयोगी हुनेछ ।

वृष  

धैर्य आवश्यक पर्ने दिन हो । छिटो निर्णय नगर्नु बुद्धिमानी हुनेछ । स्वास्थ्यप्रति ध्यान पुर्‍याउनु राम्रो । दैनिक खर्च बढ्न सक्छ ।

मिथुन

सम्पर्क र संवादबाट फाइदा लिनु हुनेछ । नयाँ मित्रता र व्यावसायिक सम्बन्ध विस्तारको सम्भावना छ । यात्राबाट लाभ हुन सक्छ ।

कर्कट

घर–परिवारसँग समय बिताउने अवसर मिल्नेछ । मन प्रसन्न रहनेछ । रुचिका काममा सफलता मिल्न सक्छ । भावनामा बगेर निर्णय नगर्नु उपयुक्त हुन्छ ।

सिंह

नेतृत्व क्षमता उजागर हुने दिन हो । आफना भनाइको प्रभाव बढ्नेछ । प्रतिष्ठासम्बन्धी काममा सफलता मिल्न सक्छ ।

कन्या

सुखद् समाचार प्राप्त हुन सक्नेछ । अध्ययन र लेखनमा राम्रो प्रगति हुनेछ । आर्थिक योजना सफल हुन सक्छ ।

तुला

सन्तुलन र संयम आवश्यक छ । अरूका कुरामा कम प्रतिक्रिया दिनु राम्रो । दाम्पत्य जीवन सहज रहनेछ । खर्च नियन्त्रणमा राख्नु उचित ।

वृश्चिक

परिश्रमको फल प्राप्त हुने संकेत छन् । आत्मविश्वास बढ्नेछ । गोप्य योजना सफल हुन सक्छ ।

धनु

मनमा नयाँ सोच पलाउनेछ । अध्ययन, अनुसन्धान वा यात्राबाट लाभ हुने दिन । ठूलो निर्णय लिनुअघि अनुभवजन्य सल्लाह लिनु राम्रो ।

मकर

काममा धैर्य र अनुशासन जरूरी । जिम्मेवारी बढ्न सक्छ । लगानी सोच–सम्झेर गर्नु ठीक हुन्छ ।

कुम्भ

नयाँ अवसर मिल्ने सम्भावना छ । साथीभाइको सहयोग प्राप्त हुनेछ । सामाजिक काममा सक्रियता बढ्नेछ ।

मीन

भावनात्मक पक्ष सबल रहनेछ । कला, संगीत र सिर्जनात्मक क्षेत्रमा सफलता मिल्न सक्छ । आत्मविश्वासले काम सजिलो बनाउनेछ ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्