नेभिगेशन
राशिफल

यस्तो छ आज २०८३ कार्तिक १९ गते बिहीबारको राशिफल

मेष 
आज दिनको मध्यतिर मानसिक रूपमा केही छटपटी वा थकान महसुस हुन सक्छ । लगानीका लागि समय अनुकुल रहेको छ । दाम्पत्य जीवन सुखद रहनेछ र सामाजिक क्षेत्रमा नेतृत्व गर्ने अवसर जुर्नेछ ।
वृष 
आर्थिक क्षेत्रमा सकारात्मक सम्भावना खुल्नेछन् र आम्दानीका स्रोतहरू बलियो बन्नेछन् । सन्तानको तर्फबाट खुसीको खबर सुन्न पाइनेछ भने घरपरिवारको सल्लाहले महŒवपूर्ण निर्णय लिन सकिनेछ ।
मिथुन 
बौद्धिक तथा प्राविधिक क्षेत्रमा गरिएको प्रयासले सफलता दिलाउनेछ भने अनावश्यक खर्चबाट टाढै रहनु बुद्धिमानी हुनेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ र समाजमा तपाईंको मिजासिलो स्वभावको प्रशंसा हुनेछ ।
कर्कट 
व्यापार–व्यवसायमा थप लगानी बढाउने समय छ भने नयाँ कार्यको थालनी गर्न सकिनेछ । सन्तान पक्षबाट शुभ समाचार सुन्न पाइनेछ र अविवाहितहरूका लागि विवाहको प्रस्ताव आउन सक्ने योग छ ।
सिंह 
नोकरी तथा पेसामा तपाईंको सल्लाह र विचारको कदर हुनेछ भने रोकिएको धन अचानक हात पर्न सक्छ । कुनै पुरानो साथीसँग भेटघाट हुँदा मन प्रसन्न रहनेछ ।
कन्या 
व्यापार व्यवसायलाई विस्तार गर्ने अवसर मिल्नेछ भने राजनीतिक वा सामाजिक क्षेत्रमा जिम्मेवारी थपिन सक्छ । विद्यार्थीहरूको पठनपाठनमा मन जानेछ र घरमा रमाइलो वातावरण रहनेछ ।
तुला 
कार्यक्षेत्रमा दीर्घकालीन योजनाहरू बन्नेछन् र नोकरीमा दाम तथा मान बढ्नेछ । प्रेम सम्बन्धमा प्रगाढता आउनेछ तथा छोटो एवं रमाइलो यात्राको योग रहेको छ ।
वृश्चिक 
उच्च अधिकारीको सहयोगले नोकरी वा पेसामा फाइदा हुनेछ, यद्यपि सन्तानको क्षेत्रमा केही खर्च बढ्न सक्छ । नजिकका आफन्तहरूसँग भेटघाट हुने योग छ र पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ ।
धनु
मनले सोचेजस्तै काम फत्ते हुनेछन् र कार्यक्षेत्रमा तपाईंको प्रभावकारी उपस्थिति रहनेछ । साथीभाइहरूसँगको सम्बन्ध अझ प्रगाढ बन्नेछ र आफ्ना कुरा खुलेर राख्न सक्नुहुनेछ ।
 मकर 
आफ्ना विचार र योजनाहरूलाई कार्यरूपमा उतार्न सफल भइनेछ भने शिक्षाको क्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछन् । घरायसी जिम्मेवारी बढे पनि परिवारको पूर्ण साथ र समर्थन मिल्नेछ ।
कुम्भ 
विगतका कमजोरीलाई सुधार गर्दै आर्थिक तथा व्यावसायिक निर्णयहरू सही लिइनेछ । विद्यार्थीहरूको बौद्धिक क्षमताको उच्च प्रशंसा हुनेछ र पारिवारिक माहोल सुखद रहनेछ ।
मीन 
रोकिएका अपूरा कामहरू बन्नेछन् र व्यापारमा अभिभावकको सहयोग मिल्नेछ । अध्ययन, अध्यापन तथा रचनात्मक क्षेत्रमा मन जानेछ र घरमा धार्मिक वा आध्यात्मिक चर्चा हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्