नेभिगेशन
राशिफल

यस्तो छ आज २०८३ कात्तिक १८ गते बुधबारको राशिफल

मेष
स्वास्थ्य सामान्य रहनेछ । साझेदारीका काममा लाभ र रोकिएका कार्यले गति लिनेछन् । दाम्पत्य जीवन प्रगाढ बन्नेछ ।

वृष
बौद्धिक कार्यमा समय बित्नेछ । आर्थिक क्षेत्रमा सुधार आउनुका साथै नयाँ लगानीका अवसर र पारिवारिक मेलमिलाप राम्रो रहनेछ ।

मिथुन
मानसिक थकान हुनसक्छ, आराम गर्नुहोला । जोखिमपूर्ण लगानीबाट टाढै रही खर्चमा नियन्त्रण गर्नुहोला र यात्रामा सावधानी अपनाउनुहोला ।

कर्कट
शारीरिक ऊर्जा कायम रहनेछ । पुराना काम बन्नाले आर्थिक लाभ र सहकर्मीको साथ मिल्नेछ । सामाजिक मान–सम्मान बढ्नेछ ।

सिंह
उच्च आत्मबलका साथ नयाँ कार्यको थालनी गर्न अनुकूल दिन छ । व्यापारमा लाभ र पारिवारिक सुख–सन्तुष्टि मिल्नेछ ।

कन्या
खानपानमा ध्यान दिनुहोला । महत्त्वपूर्ण निर्णय लिँदा अनुभवीको सल्लाह लिनु उचित हुन्छ । दाम्पत्यमा धैर्यता अपनाउनुहोला ।

तुला
स्वास्थ्यको ख्याल गर्नुहोला । आर्थिक कारोबारमा सावधानी अपनाउनु आवश्यक छ । गोप्य शत्रुहरूबाट बच्नुहोला ।

वृश्चिक
स्वास्थ्य अनुकूल रहनेछ । व्यापारमा साझेदारीबाट लाभ र नयाँ योजना कार्यान्वयन हुनेछन् । वैवाहिक जीवन सुखमय बन्नेछ ।

धनु
स्वास्थ्य सुध्रनेछ । पुराना ऋण तथा समस्याबाट मुक्ति मिल्नेछ । प्रतिस्पर्धामा विजय र कानुनी काममा सफलता मिल्नेछ ।

मकर
बौद्धिक कार्यले थकान दिन सक्छ, विश्राम लिनुहोला । जोखिमपूर्ण क्षेत्रमा सोचविचार गरेर लगानी गर्नुहोला । सन्तानबाट खुसी मिल्नेछ ।

कुम्भ
परिवारको स्वास्थ्यलाई लिएर चिन्ता हुनसक्छ । घरायसी काममा ढिलासुस्ती होला । मान्यजनको आशीर्वाद लिएर काम गर्नुहोला ।

मीन
उत्साह र पराक्रम बढ्नेछ । छोटो रमाइलो यात्राको योग छ । सञ्चार क्षेत्र वा लेखनमा संलग्नहरूका लागि दिन फलदायी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्