नेभिगेशन
राशिफल

यस्तो छ आज २०८३ कात्तिक १५ गते आइतबारको राशिफल

मेष
रोकिएका अधुरा कामहरू सम्पादन हुनेछन् । नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना देखिन्छ । पारिवारिक वातावरण सुखद रहनेछ । स्वास्थ्य सबल रहनेछ । आर्थिक पक्ष सन्तुलित बन्नेछ ।

वृष
व्यापार व्यवसायमा सामान्य लाभ मिल्नेछ । बोलीको प्रभाव बढ्नेछ । सहकर्मीहरूको साथ पाउनाले उत्साह थपिनेछ । खानपानमा विशेष सतर्कता अपनाउनुहोला । यात्राको अवसर जुट्न सक्छ ।

मिथुन
बौद्धिक क्षेत्रमा सफलता हात लाग्नेछ । अध्ययन अध्यापनमा मन जानेछ । मित्रजनको सहयोगले जटिल काम सहजै सम्पन्न हुनेछ । खर्च नियन्त्रण गर्न ध्यान दिनुहोला । मानसिक शान्ति प्राप्त हुनेछ ।

कर्कट
आफन्तजनसँगको भेटघाटले मन प्रसन्न बनाउनेछ । घरायसी काममा समय बित्नेछ । सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला । रोकिएको धन हात पर्ने योग छ । प्रयत्न गर्दा नयाँ अवसर पाइनेछ ।

सिंह
प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ । कार्यक्षेत्रमा प्रभाव बढ्नेछ । नयाँ योजना प्रारम्भ गर्न समय अनुकूल छ । दाजुभाइबीचको सम्बन्ध प्रगाढ बन्नेछ । लगनशीलताले उचित प्रतिफल दिलाउनेछ ।

कन्या
आर्थिक कारोबारमा फाइदा हुनेछ । मिहिनेत अनुसारको फल प्राप्त हुनेछ । सामाजिक प्रतिष्ठामा वृद्धि हुने संकेत छ । पारिवारिक समस्याहरू समाधानतर्फ उन्मुख हुनेछन् । आत्मविश्वास बलियो रहनेछ ।

तुला
महŒवपूर्ण निर्णय लिनुअघि विचार पु¥याउनुहोला । रचनात्मक काममा रुचि बढ्नेछ । मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा मिल्नेछ । मनोरञ्जनमा समय व्यतीत हुनेछ । दिन उत्साहप्रद रहनेछ ।

वृश्चिक
अनावश्यक विवादबाट टाढै रहनु बुद्धिमानी हुनेछ । श्रमको उचित मूल्यांकन नहुन सक्छ । धार्मिक कार्यतर्फ आकर्षण बढ्नेछ । धैर्यपूर्वक अघि बढ्दा लक्ष्यमा पुग्न सकिनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।

धनु
दीर्घकालीन योजना बनाउन समय उपयुक्त छ । आम्दानीका नयाँ स्रोतहरू पहिचान हुनेछन् । रोकिएका कार्यहरूले गति लिनेछन् । प्रियजनसँगको भेटले उत्साह जगाउनेछ । मानसम्मान पाइनेछ ।

मकर
प्रशासनिक क्षेत्रमा अनुकूलता रहनेछ । पेसा व्यवसायमा उन्नति हुने समय छ । पदोन्नतिको सम्भावना देखिन्छ । अभिभावकको सहयोगले कार्य सम्पादन गर्न सहज हुनेछ । समय फलदायी रहनेछ ।

कुम्भ
भाग्यले साथ दिनेछ । रोकिएका महŒवपूर्ण कार्य बन्नेछन् । परोपकारी काममा सहभागी भइनेछ । टाढाको यात्राको योग बनेको छ । सामाजिक सम्बन्ध विस्तार हुनेछ ।

मीन
गोपनीयता कायम राख्न ध्यान दिनुहोला । आकस्मिक खर्च बढ्नाले तनाव उत्पन्न हुन सक्छ । संयमित व्यवहारले सम्भावित संकट टार्नेछ । नियमित कार्यहरूलाई निरन्तरता दिनु उचित हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय