मेष
उत्साह र ऊर्जामा वृद्धि हुनेछ। रोकिएका पुराना कामहरूले गति लिने सम्भावना छ। सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ, नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। कार्यक्षेत्रमा सहकर्मीहरूको राम्रो सहयोग मिल्नेछ।
वृष
खर्च नियन्त्रण गर्न केही सजग रहनुपर्नेछ। आकस्मिक यात्राको सम्भावना देखिए पनि त्यसबाट अपेक्षित प्रतिफल नै मिल्नेछ। योजनाबद्ध ढंगले अघि बढ्दा कार्यसम्पादन सहज बन्नेछ। बोलीमा संयम र मिठास राख्नु हितकर हुन्छ।
मिथुन
आयआर्जनका नयाँ बाटोहरू खुल्ने समय छ। व्यापार–व्यवसायमा सन्तोषजनक प्रगति देखिनेछ। परिवारका सदस्यहरूसँग रमाइलो भेटघाट हुनेछ। बौद्धिक छलफल र दीर्घकालीन योजना बनाउन दिन उपयुक्त छ।
कर्कट
कर्मक्षेत्रमा उल्लेखनीय सफलता मिल्ने योग छ। उच्चपदस्थ व्यक्तिहरूसँगको सम्पर्कले भविष्यका लागि फाइदा पुग्नेछ। लगनशीलताको उचित मूल्याङ्कन हुनेछ। स्वास्थ्य स्थिति सामान्यतया अनुकूल रहनेछ।
सिंह
आध्यात्मिक तथा परोपकारी कार्यमा मन जानेछ। लामो समयदेखि अड्किएको काम मान्यजनको सहयोगमा सम्पन्न हुन सक्छ। नयाँ ज्ञान सिक्ने अवसर जुट्नेछ। भाग्यको साथ पाइँदा आत्मविश्वास उच्च रहनेछ।
कन्या
काम गर्दा धैर्य र सतर्कता अपनाउनुपर्ने समय छ। खानपान र स्वास्थ्यमा विशेष ध्यान पु¥याउनुहोला। गोपनियता कायम राखेर काम गर्दा सम्भावित बाधा हट्नेछन्। आर्थिक लेनदेनमा स्पष्टता राख्नु राम्रो हुन्छ।
तुला
साझेदारी तथा संयुक्त प्रयासका कामहरू सफल हुनेछन्। जीवनसाथी वा पारिवारिक सहयात्रीबाट विशेष साथ मिल्नेछ। छोटो रमाइलो यात्राको वातावरण बन्न सक्छ। व्यापारमा नयाँ सम्झौताको सम्भावना देखिन्छ।
वृश्चिक
प्रतिस्पर्धामा विजय प्राप्त हुने दिन छ। विरोधीहरूको प्रभाव कमजोर बन्नेछ, रोकिएका कामहरू क्रमशः सुचारु हुनेछन्। शारीरिक स्फूर्ति बढ्नेछ। आफ्ना योजनाहरू दृढताका साथ अघि बढाउन सकिनेछ।
धनु
सिर्जनात्मक र रचनात्मक क्षमता प्रस्फुटन हुनेछ। अध्ययन–अध्यापन तथा बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ। सन्तान वा अनुजहरूको प्रगतिले मन प्रसन्न तुल्याउनेछ। नयाँ लगानीका लागि सोचविचार गरेर निर्णय लिनु उपयुक्त हुन्छ।
मकर
पारिवारिक विषयमा केही समय दिनुपर्ने देखिन्छ। घरेलु वातावरणलाई शान्त र सौहार्दपूर्ण बनाउने प्रयास सफल हुनेछ। अचल सम्पत्ति वा सवारीसाधनसम्बन्धी काममा सावधानी अपनाउनुहोला। काममा निरन्तरता आवश्यक छ।
कुम्भ
पराक्रम र हिम्मत बढ्ने समय छ। दाजुभाइ तथा नजिकका मित्रहरूको सहयोगले ठूला योजना अगाडि बढाउन सहज हुनेछ। छोटो दूरीको फलदायी यात्रा हुन सक्छ। शुभ समाचार प्राप्त हुने सम्भावना छ।
मीन
आर्थिक पक्ष सबल बन्दै जानेछ। बोलीको प्रभावले अरूलाई आकर्षित गर्न सकिनेछ। सभा–समारोह वा पारिवारिक जमघटमा सहभागी हुने अवसर मिल्नेछ। बचत वृद्धि गर्ने योजनामा सफलता मिल्नेछ।