मेष
परिवारका सदस्यहरूसँग रमाइलो समय बिताउने अवसर मिल्नेछ र स्वास्थ्य राम्रो रहनेछ । आफ्ना योजनाहरू गोप्य राखेर काम गर्दा सफलता हात पर्नेछ तथा व्यापारमा फाइदा हुनेछ ।
वृष
आम्दानीका नयाँ स्रोतहरू फेला पर्न सक्छन् र रोकिएका कामहरू बन्नेछन् । दाम्पत्य जीवनमा मधुरता छाउनेछ भने साथीभाइको सहयोगले ठूलो काम सम्पादन हुन सक्छ ।
मिथुन
कार्यक्षेत्रमा केही चुनौतीहरूको सामना गर्नुपर्ने हुन सक्छ । हतारमा निर्णय लिँदा नोक्सानी हुन सक्ने हुनाले विचार पु¥याएर कदम चाल्नुहोला र पढाइलेखाइमा ध्यान केन्द्रित गर्न बढी मेहनत गर्नुपर्नेछ ।
कर्कट
भाग्यको गतिशीलता रहनेछ र धार्मिक वा सामाजिक कार्यमा रुचि बढ्नेछ । लामो यात्राको योग पनि रहेको छ भने आत्मविश्वास उच्च रहनेछ, जसले गर्दा कठिन कामहरू पनि सहजै सम्पन्न हुनेछन् ।
सिंह
स्वास्थ्यमा केही उतारचढाव आउन सक्ने भएकाले खानपानमा विशेष ध्यान दिनुहोला । सवारी साधन चलाउँदा सावधानी अपनाउनु आवश्यक छ र लेन–देनमा पनि विशेष सतर्कता अपनाउनुहोला ।
कन्या
व्यापारिक साझेदारहरूको पूर्ण सहयोग मिल्नेछ र अविवाहितहरूका लागि विवाहको कुरा चल्न सक्छ । दाम्पत्य जीवन र प्रेम सम्बन्धमा खुसीयाली छाउनेछ तथा मनोरञ्जनात्मक कार्यक्रममा सहभागी हुने अवसर जुट्न सक्छ ।
तुला
पुराना विवाद वा समस्याहरू समाधान हुँदै जानेछन् र रोकिएका कामहरूले गति लिनेछन् । स्वास्थ्यमा सुधार आउनेछ तथा पुराना शारीरिक पीडा क्रमशः कम हुँदै जानेछन् ।
वृश्चिक
बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ र सन्तान पक्षबाट खुसीको खबर सुन्न पाइनेछ । सिर्जनात्मक क्षमता बढ्नेछ तथा शेयर वा लगानीका क्षेत्रबाट फाइदा लिन सकिनेछ ।
धनु
पारिवारिक सुख–शान्ति कायम रहनेछ । घरजग्गा वा सम्पत्तिको विषयमा चलिरहेका विवाद समाधानतर्फ उन्मुख हुनेछन् र आमा वा घरका ज्येष्ठ सदस्यको सल्लाह महत्वपूर्ण साबित हुनेछ ।
मकर
तपाईंको आँट र पराक्रममा वृद्धि हुनेछ । छिमेकी वा दाजुभाइको सहयोगले महत्वपूर्ण काम सम्पन्न हुनेछन् तथा छोटो तथा लाभदायक यात्राको योग रहेको छ ।
कुम्भ
बोलीको प्रभाव बढ्नेछ, जसले गर्दा रोकिएका कामहरू बन्न सक्नेछन् र आर्थिक स्थितिमा सुधार आउनेछ । खानपानमा विशेष ध्यान दिनुहोला, दाँत वा घाँटीसम्बन्धी समस्या देखिन सक्छ ।
मीन
मान–सम्मानमा वृद्धि हुनेछ र तपाईंको व्यक्तित्वले अरूलाई प्रभावित पार्न सक्नुहुनेछ । नयाँ योजना वा कार्यको थालनी गर्नका लागि यो दिन अत्यन्त अनुकूल रहेको छ ।