नेभिगेशन
राशिफल

२०८२ मंसिर १६ गते मंगलबारको राशिफल

मेष 

ऊर्जा उच्च रहनेछ, नयाँ काम सुरु गर्ने उत्साह बढ्नेछ तर योजना नबनाई अघि बढ्दा राम्रै अवसर पनि गुम्न सक्नेछ । आर्थिक पक्ष सामान्य, तनाव कम गर्न विश्राम र हल्का व्यायाम उपयोगी हुनेछ ।

वृष  

आम्दानीतर्फ सुधार देखिए पनि अनावश्यक खर्चले वचत घटाउन सक्छ । खर्चभन्दा वचतलाई महत्व दिनु उचित छ । परिवार र साथीभाइसँगको समय खुसीपूर्ण बित्ने योग, सानो सहयोगले पनि सम्बन्ध मजबुत बन्छ ।

मिथुन

कामको दवाव बढी भए पनि कामलाई प्राथमिकता अनुसार बाँड्न सके प्रगति सम्भव छ । मानसिक थकान र तनाव आउन सक्छ । पर्याप्त विश्राम लिनुहोस् ।

कर्कट

घरपरिवारमा शुभकार्यको चर्चा वा योजना बन्न सक्छ । पारिवारिक समर्थन बलियो रहने संकेत छ । विद्यार्थीका लागि तर्कशक्ति र एकाग्रता बलियो हुनाले समय, पढाइमा गरेको लगानी उपयोगी हुन्छ ।

सिंह

आत्मविश्वास उच्च रहने, नेतृत्व गर्ने मौका मिल्ने तर हठीपनाले वादविवाद निम्त्याउन सक्छ । व्यापार र नोकरीमा बिस्तारै सुधार देखिने, नयाँ प्रस्ताव आयो भने राम्ररी विश्लेषण गरेर मात्र स्वीकार्नु राम्रो ।

कन्या

दाम्पत्य वा प्रेम सम्बन्ध सौहाद्र्धपूर्ण रहने, साथीको साथमा महत्वपूर्ण निर्णय सहज हुने संकेत । व्यापार वा कामकाजमा लाभको सम्भावना, दीर्घकालीन योजना र सीप विकासमा लगानी गर्न अनुकूल दिन हुनेछ ।

तुला

अध्ययन, ट्रेनिङ वा नयाँ सीप सिक्न प्रेरणा बढ्ने, सानो यात्रा वा भ्रमण लाभदायक हुन सक्छ । उत्साह र प्रेरणा राम्रो भए पनि निर्णय गर्दा भावनाभन्दा तर्कलाई प्राथमिकता दिनु उपयुक्त ।

वृश्चिक

गोप्य योजना वा अनुसन्धानात्मक काममा प्रगति, कार्यकुशलता देखिनेछ । धन आगमनसँगै अचानक खर्चको सम्भावना, स्वास्थ्यतर्फ विशेष गरी पेटको सम्भावित समस्याप्रति सचेत रहनु राम्रो ।

धनु

सामाजिक तथा सार्वजनिक क्षेत्रमा सक्रियता बढ्ने, मान–सम्मान र प्रशंसा पाउने मौका छ । भाग्यको साथ सामान्यदेखि राम्रो तर ठूलो जोखिमयुक्त लगानी भने आजका लागि थोरै थामिएर हेर्नु उपयुक्त ।

मकर

जिम्मेवारी र कामको बोझ बढ्न सक्छ, व्यक्तिगत जीवन र कामबीच सन्तुलन राख्नुपर्छ । आर्थिक निर्णय सोचेर चाल्दा लाभ सुरक्षित रहन्छ । परिवारको सल्लाह सुनेर अघि बढ्दा झन् राम्रो हुने संकेत ।

कुम्भ

केही अप्रत्याशित चुनौती वा ढिलाइका कारण मन खिन्न हुन सक्छ । परिवार, साथी वा सहकर्मीबाट भावनात्मक समर्थन पाइने, समस्यामा एक्लो नबसी खुलेर कुरा गर्नुस् ।

मीन

कल्पनाशक्ति र भावुकता बढ्ने, सिर्जनात्मक काम, लेखन, संगीत वा आध्यात्मतर्फ आकर्षण बढ्न सक्छ । स्वास्थ्यतर्फ थोरै आलस्य र थकान, खर्चमा संयम अपनाउँदा आर्थिक पक्ष सन्तुलित रहन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्