मेष
पेसागत क्षेत्रमा नयाँ अवसर आउन सक्छन् । काममा ध्यान दिनुपर्ने बेला छ । साथीभाइसँग समय बिताउन पाइनेछ । खर्च वृद्धिको योग छ ।
वृष
पुराना योजना अघि बढाउन समय उत्तम छ । आर्थिक स्थिति मध्यम रहला । घरायसी काममा व्यस्त भइनेछ । संयम राख्दा हित हुनेछ ।
मिथुन
व्यापारमा लाभको योग छ । साथीभाइसँग विवादको योग छ । हतारिनुको साटो संयमले काम लिने बेला छ । यात्रा लाभदायक हुन सक्छ ।
कर्कट
आय आर्जनको स्रोतमा सुधार आउनेछ । धेरै लाभका लागि भन्दै हतारिँदा नोक्सानको जोखिम छ । प्रेम जीवनमा दिन रमाइलो रहनेछ ।
सिंह
पेसागत क्षेत्रमा व्यस्तता बढ्नेछ । पारिवारिक सहयोगले मन प्रसन्न हुनेछ । खानपानमा सतर्क हुनुपर्ने बेला छ । नयाँ योजना लाभदायक हुन सक्छ ।
कन्या
परिश्रम र लगनशीलताले अपेक्षित प्रतिफल दिलाउनेछ । आर्थिक अवस्था सन्तुलित रहनेछ । मित्र र सहकर्मीबाट सहयोग पाइनेछ ।
तुला
यात्रामा लाभको योग छ । मनोरञ्जनलाई समय दिइनेछ । आर्थिक लाभका लागि प्रतीक्षा गर्नुपर्ने बेला हो । जीवनसाथीसँग समय बिताउनु हितकर छ ।
वृश्चिक
आत्मविश्वास बढ्नेछ । कार्य क्षेत्रमा मानप्रतिष्ठा वृद्धि हुनेछ । भावनात्मक उत्तेजनामा आउनुको साटो फजुल खर्च नियन्त्रण गर्नुपर्ने बेला छ ।
धनु
अध्ययन र व्यवसायमा सफलताको योग छ । आर्थिक स्थिति मध्यम रहनेछ । सामाजिक सम्बन्ध बलियो हुनेछ । स्वास्थ्य सन्तुलित रहनेछ ।
मकर
हतारिनुभन्दा धैर्य गर्नुपर्ने समय छ । अघि बढाएका योजना पुरा गर्न सकिनेछ । परिवार र कार्यस्थलमा सहयोग पाइनेछ ।
कुम्भ
आर्थिक लाभको योग छ । यात्रामा फाइदा हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । कार्य क्षेत्रमा सहकर्मीले सघाउनेछन् ।
मीन
कार्यस्थलमा चुनौती आउन सक्छ । शान्त भएर धैर्य राखी काम गर्नुपर्ने बेला छ । छोटो यात्रा हुन सक्छ । खर्च वृद्धिको योग छ ।