मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आत्मविश्वास बढ्नेछ । काममा उत्साहपूर्वक खटिनु हुनेछ । खर्च बढे पनि आवश्यक काम सफलतापूर्वक पूरा हुने संकेत छन् । पारिवारिक सहयोग मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आफ्नो योजनामा ध्यान केन्द्रित गर्नुपर्ने दिन । नयाँ लगानीका लागि समय अनुकूल छैन । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ, विश्राममा ध्यान दिनुहोस् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
लामो समयदेखि रोकिएका काम बन्ने सम्भावना छ । सामाजिक प्रतिष्ठा बढ्नेछ । साथीभाइको सहयोग पाइने छ । प्रेम सम्बन्धमा पनि समय राम्रो छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
काममा चुनौती बढ्न सक्छ । पद–प्रतिष्ठाको चिन्ता भइरहन सक्छ । धैर्य र संयम अपनाउनुहोस् । गृहकलह वा पारिवारिक विवादबाट टाढै रहनु उत्तम हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु,टे)
भाग्य बलियो छ । नयाँ कामको सुरुवात, यात्रा तथा निर्णयका लागि राम्रो दिन छ । अध्ययन–शिक्षामा प्रगति हुनेछ । मान–सम्मान प्राप्त हुने योग छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आर्थिक दबाब बढ्न सक्छ, तर महत्वपूर्ण योजना सफल हुने संकेत छन् । गोप्य योजना बाहिर नल्याउनु राम्रो । स्वास्थ्यमा सुधार आउनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
दाम्पत्य तथा साझेदारीका काममा सफलता । व्यापारमा नाफा वृद्धि । अरुको सहयोगले काम सजिलै अघि बढ्नेछ । व्यवहारमा मधुरता आवश्यक छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दिन व्यस्त रहनेछ । कामको चाप बढे पनि परिणाम सकारात्मक रहनेछन् । आर्थिक लेनदेन गर्दा सावधानी अपनाउनुहोला ।
धनु (ये, यो, भ, भि, भु, ध, फ, ढ, भे)
मन रमाइलो हुने, सिर्जनात्मक काममा रुचि बढ्नेछ । प्रेम सम्बन्धमा खुसी पाइनेछ भने परिवारमा सद्भाव रहनेछ । रमाइलो जमघट वा भेटघाट हुने सम्भावना देखिन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिवारमा जिम्मेवारी बढ्ने छ भने खर्च बढ्न सक्छ । जग्गाजमीनसम्बन्धी काममा ढिलाइ हुने देखिन्छ । मानसिक तनाव भए पनि दिनको उत्तरार्ध राम्रो छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
सञ्चार, यात्रा, अध्ययन–शिक्षामा उन्नति देखिन्छ । नयाँ योजना बनाउन अनुकूल समय छ । दाजुभाइ वा साथीको साथ सहयोग पाइनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आर्थिक स्थिति मजबुत बन्दै जाने संकेत छ । अघि बढ्ने अवसर प्राप्त हुने देखिन्छ । परिवारमा खुसी छाउनेछ भने स्वादिष्ट भोजनका संकेत छ ।