मेष
नयाँ योजना बनाउन मन जानेछ । पुराना काम अघि बढ्ने सम्भावना छ । स्वास्थ्य राम्रो रहनेछ । व्यस्त दिन भए पनि ऊर्जावान रहनु हुनेछ ।
वृष
आर्थिक स्थितिमा सुधार आउने संकेत छ । प्रतिफल पाइने क्षेत्रमा खर्च हुनेछ । नातागोतामा विगतमा चिसिएको सम्बन्धमा सुधार आउनेछ ।
मिथुन
आर्थिक स्थिति मध्यम रहला । पेसा व्यवसायमा साझेदारसँगको सम्बन्ध राम्रो हुनेछ । जोखिमका काममा धैर्य राख्ने बेला छ ।
कर्कट
खर्च वृद्धिको योग छ । प्रष्वक्ता हुनु लाभदायक हुनेछ । स्वास्थ्यमा समस्या आउने भएकाले खानपानमा सजग हुने बेला छ ।
सिंह
फाइदा पाउन कार्य सम्पादनमा तरिका फेर्नुपर्ने बेला छ । सामाजिक कामसँगै नयाँ भेटघाटले उत्साह दिनेछ । नेतृत्व गर्ने मौका मिल्नेछ ।
कन्या
आर्थिक हिसाबकिताब मिलाउने बेला छ । सतर्क नभए नोक्सानमा पर्न सकिन्छ । विवादित विषयमा कुरा प्रष्ट पार्दा मन हल्का हुनेछ ।
तुला
साझेदारीमा काम अघि बढ्ने सम्भावना छ । विवाद भए पनि समझदारीले समाधान गर्न सकिनेछ । सामाजिक सम्बन्धले फाइदा मिल्नेछ ।
वृश्चिक
आर्थिक जोखिममा सुझबुझ जरुरी छ । निर्णयमा स्पष्टता आउनेछ । ऊर्जा वृद्धि अनुभव हुनेछ । नयाँ योजना थाल्न समय अनुकूल छ ।
धनु
यात्राको योग छ । सामान्य आर्थिक लाभ हुनेछ । योजनाबद्ध गरेका कामले प्रतिफल दिनेछ । सामाजिक काममा प्रशंसा पाइनेछ ।
मकर
काममा स्थिरता र सफलता मिल्नेछ । नेतृत्व तथा जिम्मेवारीमा सुधार देखिनेछ । विशेष विषयमा परिवारसँग सल्लाह गर्ने दिन हो ।
कुम्भ
सकारात्मक सोच लाभकारी हुनेछ । उपकरण, प्रविधि वा अध्ययन एवम् कामका लागि समय उत्तम छ । साथी र परिवारबाट सहयोग मिल्नेछ ।
मीन
आत्मविश्वास वृद्धि हुनेछ । आर्थिक जोखिम लिने बेला छैन । प्रष्ट कुरा राख्दा फाइदा हुनेछ । स्वास्थ्य र मानसिक शान्तिमा ध्यान दिनुहोस् ।