नेभिगेशन
राशिफल

२०८२ मंसिर २६ गते शुक्रबारको राशिफल

मेष 

आर्थिक पक्ष सुधारिने सम्भावना छ । पुराना अधुरा काम पूरा हुनेछन् । पारिवारिक सहयोग मिल्नेछ । स्वास्थ्य सामान्य रहनेछ ।

वृष  

काममा ध्यान केन्द्रित गर्ने समय हो । भावनाले असर पार्न नदिनुहोस् । खर्च बढ्ने संकेत छ, वित्तीय योजनामा सचेत रहनुहोस् ।

मिथुन

नयाँ अवसर प्राप्त हुने सम्भावना छ । मित्र वा सहकर्मीको साथमा सहयोग मिल्नेछ । अध्ययन–अध्यापनमा प्रगति हुनेछ ।

कर्कट

कार्यस्थलमा दबाब बढ्न सक्छ । धैर्य र व्यवहारिकताले समस्या समाधान गर्न सहयोग पुर्‍याउनेछ । घर–परिवारमा सुखद वातावरण रहनेछ ।

सिंह

यात्रा सम्भावना छ, तर सतर्कता आवश्यक हुन सक्छ । नयाँ काम सुरु गर्न अनुकूल समय छ । सामाजिक सम्मान बढ्नेछ ।

कन्या

आर्थिक रूपमा लाभदायी दिन हुन सक्छ । लगानीमा सावधानी भने अपनाउनुहोस् । स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ ।

तुला

साझेदारी र सम्बन्धमा सुधार आउनेछ । भावनात्मक विषयमा निर्णय गर्दा सोच–विचार आवश्यक छ । कामको गति राम्रो चल्नेछ । 

वृश्चिक

अप्रत्याशित चुनौती आउन सक्छ । धैर्यसँग सामना गरे सफलता प्राप्त हुनेछ । आर्थिक व्यवस्थापनमा सतर्क रहनुहोस् । 

धनु

मप्रेम–सम्बन्धमा सकारात्मकता बढ्नेछ । मनोरञ्जन र सिर्जनात्मक काममा मन जानेछ । कार्यक्षेत्रमा नयाँ योजना अघि बढाउन सकिनेछ ।

मकर

परिवारिक जिम्मेवारी बढ्नेछ । स्वास्थ्यमा ध्यान दिनुपर्छ । अरूका कुराले विचलित नहुनुहोस् । प्रयास गरकामा क्रमशः सफलता देखिन्छ ।

कुम्भ

नयाँ विचार र योजनाले ऊर्जा दिनेछ । छोटो यात्रा वा भेटघाट लाभदायी हुन सक्छ । आर्थिक पक्ष मजबुत देखिन्छ ।

मीन

भावनात्मक उतार–चढाव आउन सक्छ । आत्मविश्वासका साथ अघि बढे प्रगति हुनेछ । काममा उपलब्धि र सम्मान प्राप्त हुने सम्भावना छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्