नेभिगेशन
अर्थतन्त्र

सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा ५४ प्रतिशतको उछाल

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा ५४ प्रतिशतको उछाल आएको छ । चालु आर्थिक वर्ष २०२/३ को दोस्रो त्रैमाससम्ममा बैंकले ३० करोड २५ लाख ९८ हजार रुपैयाँ नाफा आर्जन गरेको हो ।

गत आर्थिक वर्ष २०१/२ को सोही अवधिमा बैंकले १९ करोड ६५ लाख ६१ हजार रुपैयाँ नाफा गरेको थियो । बैंकको नाफा ५३.९५ प्रतिशतले बढेको हो ।

बैंकको खुद ब्याज आम्दानीमा उच्च वृद्धि आएको छ । गत वर्षको दोस्रो त्रैमाससम्म ९१ करोड २ लाख ९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले चालु आवको सोही अवधिमा १ अर्ब ८ करोड ० लाख ७२ हजार रुपैयाँ आम्दानी गरेको छ । यो १.४९ प्रतिशतको वृद्धि हो ।

बैंकले कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याएको रकम पनि घटेको छ । गत वर्षको दोस्रो त्रैमासमा २० करोड ५ लाख ४१ हजार कर्जा नोक्सानी व्यवस्था गरेको बैंकले चालु वर्षको सोही अवधिमा १७ करोड ६ लाख ४३ हजार रुपैयाँ छुट्याएको छ ।

गत असार मसान्तमा बैंकको निक्षेप ५४ अर्ब ६६ करोड ८५ लाख रुपैयाँ रहेकोमा पुस मसान्तमा आउँदा ५४ अर्ब ३९ करोड २४ लाख रुपैयाँमा झरेको छ । बैंकको कर्जा भने असारसम्म ४२ अर्ब ८२ करोड ३९ लाख रुपैयाँ रहेकोमा पुस मसान्तमा ४४ अर्ब ४० करोड ८३ लाख रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य नाफा ९ करोड ४६ लाख ६१ हजार रुपैयाँ छ । बैंकको चुक्ता पुँजी ३ अर्ब ७३ करोड ४० लाख ६९ हजार रुपैयाँ छ भने सञ्चित नाफा ९ करोड ४६ लाख ६१ हजार छ । बैंकले जगेडा कोषमा १ अर्ब ९ करोड ३३ लाख २ हजार रुपैयाँ छुट्याएको छ ।

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४६ पैसाबाट बढेर १६ रुपैयाँ २१ पैसा पुगेको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ २४ पैसा र मूल्य आम्दानी अनुपात २४.७८ गुणा छ । बैंकको प्राथमिक पुँजीकोष १०.७० प्रतिशत र कुल पुँजीकोष १४.१२ प्रतिशत छ भने निष्क्रिय कर्जा ६.८७ प्रतिशत छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्