नेभिगेशन
अर्थतन्त्र

अनर एक्स–नाइन–डीको प्रि–बुकिङमा कार जित्ने अवसर

काठमाडौं । विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड अनरले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन अनर एक्स– नाइन–डी सार्वजनिक गरेको छ । शक्तिशाली कार्यक्षमता, उच्चस्तरीय मजबुती तथा भरपर्दो विश्वसनीयताका साथ डिजाइन गरिएको यो स्मार्टफोन आधुनिक प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राखी निर्माण गरिएको कम्पनीले जनाएको छ ।

अनर एक्स–नाइन–डीमा २.५ मिटर झर्ने क्षमतासहितको प्रतिरोध, उद्योगमै अग्रणी आईपी ६९के रेटिङ, ८३०० एमएएच आवर क्षमताको लामो समय टिक्ने ब्याट्री, तथा १०८ मेगापिक्सेलको उच्च रेजोलुसन क्यामेरा जस्ता अत्याधुनिक विशेषता समावेश गरिएका छन् । यी विशेषताले नवप्रवर्तन, मजबुती र उत्कृष्ट कार्यक्षमताको सन्तुलित अनुभव प्रदान गर्ने अनरको दाबी छ ।

यो स्मार्टफोन नेपाली बजारमा दुई भेरियन्टमा उपलब्ध हुनेछ । ८ जिबी र्‍याम र २५६ जिबी भण्डारण क्षमता भएको भेरियन्टको मूल्य ५४ हजार ९९९ रुपैयाँ तोकिएको छ । १२ जिबी र्‍याम र २५६ जिबी स्टोरेज क्षमता भएको भेरियन्टको मूल्य ५९ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ । सार्वजनिकरणको अवसरमा अनरले ग्राहकहरूका लागि आकर्षक अग्रिम बुकिङ अफर समेत घोषणा गरेको छ । अग्रिम बुकिङ अवधि २०२६ जनवरी २३ देखि जनवरी २८ सम्म रहनेछ । यस अवधिमा अग्रिम बुकिङ गर्ने ग्राहकहरूले विशेष सुविधाहरू प्राप्त गर्नेछन् ।

यस अभियानलाई अझ रोमाञ्चक बनाउँदै, अग्रिम बुकिङ गर्ने ग्राहकहरूमध्ये एक जना भाग्यशाली ग्राहकले ५८ लाख ९९ हजार ९९९ रुपैयाँ मूल्य बराबरको नयाँ दीपल एस–शून्य–पाँच कार जित्ने अवसर पाउनेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्