नेभिगेशन
अर्थतन्त्र

नेपाल पुनर्बीमाको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक समूहतर्फको २१ लाख ७१ हजार ९३५ कित्ता शेयर सिलबन्दी बोलपत्र प्रक्रियामार्फत लिलाम बिक्रीमा राखिएको छ । बिक्रीमा राखिएको शेयरको न्यूनतम बोलकबोल मूल्य प्रतिशेयर ४०० रुपैयाँ तोकिएको छ ।

शेयर खरिद गर्नेले न्यूनतम १ लाख कित्ताका लागि आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ । लिलामी प्रक्रियामा नेपाल पुनर्बीमा कम्पनीका संस्थापक शेयरधनीसहित प्रचलित कानूनबमोजिम योग्य रहेका व्यक्ति, फर्म, कम्पनी तथा संस्थाहरूले सहभागिता जनाउन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित समयसीमाभित्र नबिल इन्भेष्टमेन्ट बैंकिङमा सिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । तोकिएका शर्त तथा प्रक्रिया पूरा नगरेका बोलपत्रहरू स्वतः अमान्य हुनेछन् । साथै, लिलाम प्रक्रियासम्बन्धी सम्पूर्ण अधिकार प्रचलित कानूनअनुसार बिक्री प्रबन्धकमा निहित रहने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्