नेभिगेशन
अर्थतन्त्र

सन् नेपाल लाइफका एमडीआरटी सदस्य सम्मानित

काठमाडौं । सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं । सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले उत्कृष्ट काम गर्ने अभिकर्ता र एमडीआरटी २०२६ हासिल गर्ने सदस्यहरूलाई विशेष सम्मान गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको अध्यक्षतामा पोखरामा आयोजित दुई दिने नेसनल एजेन्सी मिट कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो । देशभरिका प्रतिष्ठित एजेन्सी लिडर तथा उत्कृष्ट अभिकर्ताहरूको सहभागितामा आयोजित कार्यक्रममा कम्पनीले असाधारण प्रदर्शन गर्ने अभिकर्ता तथा एमडीआरटी २०२६ हासिल गर्ने सदस्यहरूलाई विशेष सम्मान प्रदान गरेको कम्पनीले जनाएको छ ।

कार्यक्रमको पहिलो दिन उत्कृष्ट व्यवसाय, समर्पण र निरन्तर योगदानमार्फत कम्पनीको वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अभिकर्तालाई सम्मान गरिएको थियो । एमडीआरटी २०२६ प्राप्त गर्ने अभिकर्तालाई अन्तर्राष्ट्रिय स्तरको उपलब्धिका रूपमा विशेष सम्मान गर्दै कम्पनीले उनीहरूको पेसागत उत्कृष्टता र नेतृत्व क्षमताको उच्च मूल्यांकन गरिएको कम्पनीले जनाएको छ ।

दोस्रो दिन अभिकर्ताहरूको क्षमता अभिवृद्धि तथा नेतृत्व विकासमा केन्द्रित प्रशिक्षण सत्र सञ्चालन गरिएको थियो । अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सेल्स ट्रेनर तथा लिडरशिप कोच अनिल झाले बिक्री कौशल, नेतृत्व क्षमता, सोचको रूपान्तरण तथा ग्राहकसँग दीर्घकालीन सम्बन्ध निर्माणका विषयमा प्रेरणादायी प्रशिक्षण प्रदान गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्