नेभिगेशन
अर्थतन्त्र

सिटिजन्सको क्यान्सर सचेतनासम्बन्धी वेबिनार

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले कर्मचारीको स्वास्थ्यप्रति प्रतिबद्धता जनाउँदै स्तन क्यान्सर तथा प्रोस्टेट क्यान्सरसम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । क्यान्सरसम्बन्धी सही जानकारी प्रदान गर्ने, आम भ्रमहरू हटाउने तथा समयमै परीक्षण, रोकथाम र चिकित्सकीय परामर्शको महत्त्वबारे सचेतना फैलाउने उद्देश्य राखिएको हो ।          

मेदान्त द मेडिसिटी अस्पताल, गुडगाँव भारतसँगको सहकार्यले कार्यक्रमलाई अझ प्रभावकारी र विश्वसनीय बनाएको कम्पनीले जनाएको छ । कार्यक्रमअन्तर्गत सबै महिला कर्मचारीका लागि ‘स्तन क्यान्सरसम्बन्धी महिलाले जान्न र अभ्यास गर्नुपर्ने कुराहरू’ विषयक वेबिनार आयोजना गरिएको हो, जसको सहजीकरण मेदान्त अस्पतालका वरिष्ठ निर्देशक डा. कञ्चन कौरले गरे । मंगलबारको कार्यक्रममा ५१३ महिला कर्मचारीले सक्रियरूपमा सहभागिता जनाएका थिए ।              

त्यस्तै बुधबार ३० वर्ष वा सोभन्दा माथिका पुरुष कर्मचारीका लागि ‘प्रोस्टेट क्यान्सर : भ्रम र यथार्थ’ विषयक पत्र सञ्चालन गरिएको थियो । मेदान्त अस्पतालका वरिष्ठ निर्देशक डा. पुनित आहुलवालियाले उक्त सत्रको सहजीकरण गरेका  थिए । कार्यक्रममा ५०९ जना कर्मचारीले सक्रिय सहभागिता जनाएका थिए । सिटिजन्स बैंकले देशका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ वटा एटीएम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ इकाइबाट १९ लाख ७६ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्