नेभिगेशन
अर्थतन्त्र

नेशनल लाइफको तालिम

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले बागमती र मधेश प्रदेशका विभिन्न शाखा कार्यालयमा आबद्ध अभिकर्तालाई एक दिने तालिम प्रदान गरेको छ । कम्पनीले जारी गरेको मासिक योजना मन्थन २०८२ मा तोकिएको व्यवसाय गरी छनौट भएका अभिकर्तालाई तालिम प्रदान गरेको हो । छनौट भएका २८० अभिकर्तालाई धुलिखेलमा चर्चित प्रशिक्षक काजिम रजाले प्रशिक्षण दिएका छन् । उनले विभिन्न उदाहरण प्रस्तुत गर्दै एमडीआरटीको लक्ष्य हासिल गर्ने उपायबारे जानकारी गराएका थिए ।                

कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत स्मृतिराज कँडेलले कम्पनीमा आबद्ध अभिकर्तालाई आफूले आत्मसात् गरेको पेसालाई व्यावसायिक बनाउने उद्देश्यले कम्पनीले विभिन्न अभिकर्तामैत्री मासिक तथा वार्षिक कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिए ।

यो योजनामा देशभरबाट ७ सयभन्दा बढी अभिकर्ता छनोट गरी कम्पनीले तालिम प्रदान गरेका जनाएको छ । कार्यक्रममा एजेन्सी विभाग प्रमुख शुशीलप्रताप राणाले यस प्रकारको तालिमबाट अभिकर्ताले पेसामा उत्कृष्टता हासिल गर्ने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्