नेभिगेशन
उपत्यका

भक्तपुरमा कजारिया शोरूम

काठमाडौं । प्रिमियम टाइल ब्रान्ड कजारियाले  भक्तपुरको सल्लाघारीमा शोरूम खोलेको छ । पीएनएस ट्रेडर्स एण्ड सप्लायर्सले सञ्चालन गर्ने गरी शोरुम शनिबारदेखि सञ्चालनमा ल्याइएको कजारिया रमेश टाइल्स लिमिटेडले जनाएको छ । 
शोरुम स्थापनाले भक्तपुर तथा आसपासका क्षेत्रका ग्राहकहरूलाई उच्चस्तरीय टाइल्स समाधान उपलब्ध गराउने नयाँ यात्राको सुरुवात गरेको उद्घाटन समारोहमा पुगेका कजारियाका प्रतिनिधिले बताए । नेपालमा निर्माण तथा इन्टेरियर डिजाइन क्षेत्र तीव्र रूपमा विकसित भइरहेकोले ग्राहक समक्ष मजबुत, आकर्षक तथा अत्याधुनिक प्रविधियुक्त उत्पादनमार्फत दिने सेवालाई थप सुदृढ गर्दै लैजान उत्साह थपिएको पनि कजारियाले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्