नेभिगेशन
उपत्यका

चुनावी अभियानमा कांग्रेसका रमेश अर्याल

राजनीतिक पृष्ठभूमि
रमेश अर्याल काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसको भरोसायोग्य र जनआधारित उम्मेदवारका रूपमा अगाडि आएका छन्। अर्याल २०७४ सालको स्थानीय तह निर्वाचनमा लोकप्रिय मतका साथ वडा अध्यक्षमा निर्वाचित भएका थिए । यसले उनको व्यक्तिगत जनआधार र जनविश्वासलाई पुष्टि गरेको छ । 
गोकर्णेश्वर नगरपालिकाभित्र मात्र होइन, बौद्ध, तारेभिर, सुन्ताखान र कागेश्वरी मनहरा नगरपालिकाका सवै बडासम्म उनको सामाजिक पहुँच बलियो रहेको छ । निरन्तर जनसम्पर्क, संकटमा सक्रियता र परिणाममुखी कामका कारण उनी मतदातामाझ ‘काम गर्ने नेता’ का रूपमा परिचित रहेको स्थानीय बताउँछन् । 
उम्मेदवारीको पृष्ठभूमि
माघ ६ गते उम्मेदवारी मनोनयनको दिनसम्म काठमाडौँ–३ मा कांग्रेसको उम्मेदवार को हुने भन्ने अन्योल रहेको थियो । प्रभावशाली आकांक्षीबीच पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले चक्रबहादुर ठकुरीको राजनीतिक विरासतलाई निरन्तरता दिन सक्ने पात्रका रूपमा अर्याललाई छनोट गरेको देखिन्छ । पार्टी नेतृत्वले उनलाई ‘कमान्डर’ को जिम्मेवारीसहित मैदानमा उतारेको देखिन्छ । अर्यालले गोकर्णेश्वर नगरपालिकको विपत् प्रमुख भएर गरेको काम निकै प्रभावकारी र जनता परिचित रहेको सबैलाई विदितै थियो । कोभिडको समयमा गरेको कामको निकै प्रशंसा भएको थियो । असहायलाई निःशुल्क खाना खुवाउनेदेखि राहत र उद्दारको काममा उनले खेलेको भुमिका अहिले पनि गोकर्णेश्वर नगरपालिकामा प्रशंसा हुने गरेको छ । विद्यालय शिक्षा सुधारमा थालनी गरेको अभियान निकै सफल भएको थियो भने यसको निरन्तरता आवश्यक देखिएको छ । 
प्रमुख एजेन्डा र प्रतिबद्धता

स्वास्थ्य विमाको निरन्तरताः 
गोकर्णेश्वर नगरपालिका देशकै पहिलो र उत्कृष्ट नगरपालिका हो । क्यान्सरको पहिचानदेखि निःशुल्क उपचार र सहज अस्पतालको पहुँच गराउन नेपाली का‌ंग्रेसको नेतृत्वमा नगरपालिकाले उदाहारणनीय काम गरेको थियो । यही कामलाई निरन्तरता  दिन प्रतिनिधिसभामा नेपाली काग्रेसले जित हात पार्न जरुरी छ । 
नेपाली कांग्रेसको जितले मात्र यसलाई अझ प्रभावकारी बनाउन सक्छ । यसका लागि रमेश अर्यालले जित्न आवश्यक छ। प्रतिनिधिसभा र केन्द्र सरकारसँग पहलका लागि अर्याललाई जिताउन जरुरी छ।  
बागमती करिडोर र सडक समस्याः 
बागमती किनारको करिडोरमा सर्वोच्चको फैसलाले अन्याय भयो भनि नारा उठाउने दल नेपाली कांग्रेस हो । प्रतिनिधिसभा र नगरपालिका दुवैमार्फत् यो एजेण्डा उठाउँदै आएको छ । यसको निरन्तरता र ब्यवस्थित बसोबास बनाउनका लागि पनि रमेश अर्याललाई जिताउन जरुरी छ । नेपाल ट्रस्टको जग्गावाट माकलबारी क्षेत्रदेखि अन्य क्षेत्रमा बाटो र अन्य मध्यस्थता तथा पहलका लागि अर्यालले जित्नुपर्छ किनकि यो क्षेत्रको समस्या राम्ररी बझेका स्थानीय उम्मेदबार भनेकाे अर्यालमात्रै हुन् । 
खानेपानी समस्या समाधानः
काठमाडौँ–३ को दीर्घकालीन समस्या खानेपानी हो । अर्यालले मेलम्चीमा मात्र निर्भर नहुने नीति अघि सारेका छन् । परम्परागत मुहान संरक्षण, बोरिङ प्रणालीको वैज्ञानिक व्यवस्थापन र बर्खे पानी संकलनलाई नीतिगत रूपमा कार्यान्वयन गर्ने उनको योजना छ ।
युवा रोजगारी र सीप विकासः
वडा अध्यक्ष रहँदा सुरु गरिएको ‘सीप प्रमाणीकरण तथा रोजगार केन्द्र’ अवधारणालाई पुनः विस्तार गर्ने प्रतिबद्धता उनले जनाएका छन् । स्थानीय उद्योग र व्यवसायसँग समन्वय गरी युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलतासँग जोड्ने उनको लक्ष्य छ।
शिक्षा सुधारः
खगेन्द्र नवजीवन विद्यालयमा गरेको सुधार कार्य उनको कार्यशैलीको उदाहरण हो । विद्यार्थी संख्या २०० बाट ६७५ पुर्‍याउनु, विद्यालयलाई पूर्ण अपाङ्गमैत्री बनाउनु र गुणस्तर सुधार गर्नु उनको ठोस उपलब्धि मानिन्छ । यही मोडेल क्षेत्रका अन्य सामुदायिक विद्यालयमा लागू गर्ने योजना छ ।
सहज र पारदर्शी प्रशासनः
स्थानीय सरकार सञ्चालनको अनुभवका आधारमा उनले ऐन, नियम र बजेट कार्यान्वयनलाई सरल बनाउँदै नागरिक सेवामा पारदर्शिता र छरितोपन ल्याउने प्रतिबद्धता जनाएका छन् ।
संकट व्यवस्थापनको अनुभवः
कोभिड–१९ महामारीका बेला करिब १० हजार नागरिकलाई खोप पहुँच सुनिश्चित गर्नुका साथै तीन महिनासम्म असहाय नागरिकलाई भोजनको व्यवस्था गर्नु अर्यालको नेतृत्व क्षमताको महत्वपूर्ण उदाहरण हो। यसले उनी संकटको बेला अग्रमोर्चामा उभिने नेता भएको छवि बनाएको छ।
जनमतको संकेतः
चुनावी प्रचारका क्रममा सुन्दरीजलदेखि गागलफेदीसम्मका मतदाताले अर्यालप्रति स्वतः समर्थन व्यक्त गरिरहेका छन् । आश्वासनभन्दा अनुभव र परिणामका आधारमा मूल्यांकन गर्ने मतदाताले उनलाई “एक पटक मौका दिनुपर्ने नेता” का रूपमा लिएका छन्।
निष्कर्षः
काठमाडौँ क्षेत्र नम्बर ३ मा यसपटकको निर्वाचन नारा र व्यक्तित्वभन्दा बढी काम, अनुभव र परिणाम को प्रतिस्पर्धा बनेको छ । यही प्रतिस्पर्धामा रमेश अर्याल नेपाली कांग्रेसको तर्फबाट एक व्यवहारिक, अनुभवी र जनआधारित विकल्पका रूपमा प्रस्तुत भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्