नेभिगेशन
उपत्यका
उम्मेद्वार चिनौँः शर्मिला फुँयाल

काठमाडौँ-७ बाट चुनावी प्रतिस्पर्धामा शर्मिला फुँयाल

फुँयाललाई नै किन दिने भोट ?

काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं ७ बाट शर्मिला फुँयाल चुनावी प्रतिस्पर्धा उत्रिएकी छन् । उनी फागुन २१ गते हुने निर्वाचनमा सो क्षेत्रबाट स्वतन्त्र उम्मेदवारका रुपमा चुनावमा होमिएकी हुन् । 
देशमा राजनीतिक स्थिरता, सद्भाव, परिवर्तन, जागरुकता, अखण्डताको प्रतिविम्व र शक्तिको ठोस जग बसाल्ने महान् अभियानसहित फुँयाल त्रिभुज चिन्ह लिएर स्वतन्त्र उम्मेदवारका रुमपा चुनावी प्रतिस्पर्धामा रहेकी छिन् । 
फुँयाललाई किन दिने भोट ?
फागुन २१ गते हुने चुनावी प्रतिस्पर्धामा उत्रिएकी उच्चतम शैक्षिक योग्यता प्राप्त उनी ब्यक्तिगत आचरण, दुरदर्शी विचार, युवा नेतृत्व, आध्यात्मिक र स्पष्ट वक्ता,  सक्षम र सशक्त महिला नेतृ, कुशल र निष्ठावान राजनीतिज्ञ, सामाजिक व्यक्तित्व र समाजसेवीका रुपमा चर्चित व्यक्तित्व रहेकी छिन् । उनले समाजमा विभिन्न शैक्षिक तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु(याएकी छिन् ।  
उनले २०७२ सालको भुकम्पदेखि २०८२ साल पुससम्म वालवालिकाको क्षेत्रमा विभिन्न स्थानीय समुदायको वालगृहमा महासचिव र सचिव पदमा रही अनाथ, असहाय र सिमान्तकृत वालवालिकाहरुको शिक्षा, स्वास्थ्य, आश्रय, खानपान र अन्य प्राथमिक हकअधिकारको सुनिश्चितताका लागि कार्यक्रम संयोजक र आर्थिक तथा खाद्यान्न व्यवस्थापनमा स्वयंसेवकको अहं भूमिका निर्वाह गरी समाजलाई महत्वूर्ण योगदान पु-याएकी छिन् । 
२०७६ सालमा महानगरीय प्रहरी वृत्त वालाजुले गठन गरेको लैङ्गकि हिंसा न्युनीकरण समन्वय समितिमा तीन कार्यकाल कोषाध्यक्ष पदमा रहेर लैंगिक हिंसाविरुद्ध सामाजिक कार्य गरेकी छिन् । यसका साथै उनले घरेलु हिंसा, लागूऔषध, साइबर क्राइम, यौन दुव्र्यवहार जस्ता सचेतनामूलक -याली, कार्यक्रम आयोजना गर्दै महिला र वालवालिकाको हक हित अधिकारका लागि अहोरात्र आवाज उठाउँदै आएकी छिन् ।
यसैगरी २०७४(२०८२ सालसम्म तारकेश्वर-३ मा अपांगता समन्वय समिति र ज्येष्ठ नागरिक समन्वय समितिको गठन गरी संस्थापक वा कार्यक्रम संयोजक वा सहजकर्ताको भूमिका निर्वाह गरी फरक पहिचान भएका ब्यक्ति र ज्येष्ठ नागरिकको हक अधिकार सुनिश्चित गर्ने कार्य गरेकी छिन् । उनले तारकेश्वर नगरपालिकाको वजेट कार्यक्रमअन्तर्गत क्षमता अभिबृद्धि र सचेतना कार्यक्रम सन्चालन गरेको इतिहास साक्षी छ । साथै रातो र निलो परिचयपत्र भएका फरक पहिचान व्यक्तिहरुलाई सहायक सामग्रीहरु र फस्ट एड बक्स प्रयोग प्रशिक्षण र वितरण, तारकेश्वर नगरपालिका, अन्य संघ संस्थाको समन्वयमा सामाजिक कार्यहरु सम्पन्न गरेकी छिन् ।

शिवपुरी नागार्जुन रास्ट्रिय निकुञ्जको मध्यवर्ती व्यवस्थापन समिति अन्तर्गतको गोल्ढुङा जीतपुर उपभोक्ता समितिको उपाध्यक्ष पदमा रहेर मध्यवर्ती क्षेत्रका जनता र निकुञ्जबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै जल, जैविक विविधता, वन्यजन्तुको संरक्षण, वातावरण तथा भुसंरक्षण, वृक्षरोपण,  वचत तथा ऋण कार्यक्रम, सामुदायिक वन विकासर व्यवस्थापन र अन्य निकुञ्जले निर्दिष्ट गरेको विविध कार्यक्रमहरु संचालन तथा संयोजन गर्ने र शिवपुरी नागार्जुन रास्ट्रिय निकुञ्ज सङको सहकार्यमा स्वयंसेवकको भुमिका निर्वाह गरेकी छिन् ।
यस्ता छन् उम्मेद्वार फुँयालका चुनावी एजेन्डा तथा प्रतिबद्दताहरु
- काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ को आर्थिक सामाजिक मानविय र वातावरणिय विकास प्रवर्द्धन, संरक्षण र तमाम समस्याहरु सम्वोधन गर्ने ।
शिवपुरी  नागार्जुन रास्टृय निकुन्जको मध्यवर्ती क्षेत्रको आर्थिक सामजिक र वातावरणिय विकास, प्रवर्द्धन, संरक्षण र समसामयिकलगायत अन्य नितिगत समस्याहरु सम्बोधन गर्ने ।
जेनजी आन्दोलनको मर्मलाई शिरोपर गरी जन सापेक्षित र युवासापेक्षित ढङ्गले संविधानका केही ब्यवस्थाहरु पुनरावलोकन वा संसोधन गर्ने लगायत सहिद घरपरिवार र घाइते युवाहरुको माग सम्बोधन र न्यायको लागि भुमिका निर्वाह गर्ने ।
- युवा पलायन रोक्न पूँजि निर्माणको वातावरण सृजना गरी युवा उद्दमशिलता विकास र रोजगारी सृजना गर्ने, शिक्षा निति प्रणालीमा अनिवार्य कामसँगै पढाई अवधारणा सार्ने र युवा शक्तिलाई सीपमा योग्य बनाई आयमा वृद्धि गर्ने ।
- लोक मौलिक संस्कृतीको जगेर्ना गर्दै घरेलु उद्धमशीलता विकास गर्ने र पर्यटन विकास गर्ने।
- जलवायु परिवर्तनको जोखिम न्युनिकरण र दिगो वातावरण विकास गर्ने ।
- समाजमा व्याप्त जातीय, वर्गिय र लिङ विभेद, कुरिति, वेथिती, भ्रष्टाचार, अत्याचार र भुराजनितिक सकंटको अन्त्य गर्ने ।
- लक्षित वर्ग महिला, वालवालिका, ज्येस्ठ नागरिक, तेस्रो लिङ्ग, दलित, आदिवासी, जनजाती, सुकुम्वासी, साना लगानीकर्ता वा फुट्पाथे ब्यापारी, वाढिपिढित, अन्य वर्गको हक अधिकार सुनिश्चितता र समस्या सम्बोधन गर्ने ।
- भूराजनितिबाट प्रभावित बहुदलिय राजनिती पार्टी र विभिन्न आयतित विचार र जात धर्म वर्गले मतभेद भएका विभाजित नेपालीको मन, शरीर र आत्मालाई एक्यवद्धता गर्न हरदम प्रयास गर्ने।
- एकअर्कामा भाइचारा सदाचार र सद्भावको वातावरण सृजना गरि एक जिम्मेवार नैतिकवान रुपान्तरित सभ्य गतिशील र उर्जाशिल समाज निर्माण गर्ने टेवा पु-याउने।
- नेपाली जनताको हित कल्याण र आर्थिक समाजिक मानवीय विकासको लागि सदैव अग्रसर हुने।
-रास्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डतामा खलल हुन नदिन घातक नेपाल प्रथम पक्ष भएका अन्तररास्टृय सन्धी सम्झौता  पुनरावलोकन र सुधार गरि भुराजनिती संकटको जोखिमबाट नेपालाई विमुक्त गर्न अहम भुमिका खेल्ने।
- राष्ट्रप्रतिको अथाह प्रेम, स्थिरता, शान्ती,  सुरक्षा, सद्भाव र समुन्नति गर्ने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै