नेभिगेशन
उपत्यका

चुनाव हुँदैन भन्ने अभिव्यक्ति दिने ज्योतिष रुद्रनाथ अधिकारी पक्राउ

काठमाडौं । २१ फागुनमा चुनाव हुँदैन भन्ने अभिव्यक्ति दिएका एक ज्योतिषलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ज्योतिष रुद्रनाथ अधिकारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए।

उनलाई काठमाडौंको चन्द्रागिरी क्षेत्रबाट पक्राउ गरिएको हो। प्रहरीले जनाएको अनुसार अधिकारीले “२१ फागुनमा अनिष्ट छ, चुनाव हुँदैन” भन्ने अभिव्यक्ति दिएका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई सोमबार साँझ पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाएको हो। हाल उनी परिसरको हिरासतमा छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्