नेभिगेशन
उपत्यका

सर्वाजनिक विदामा पनि बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने

काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक विदाको दिनमा पनि बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्ने भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन, ०८२ का लागि  सरकारले घोषणा गरेको सार्वजनिक बिदा तथा अन्तर्राष्ट्रिय महिला दिवसका दिन समेत सर्वोच्च अदालत खुला रहने भएको छ । 
विशेषगरी बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइलाई निरन्तरता दिन अदालतले तोकिएको अवधिमा निश्चित समयका लागि सेवा सञ्चालन गर्ने सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले बताए । उनकाअनुसार यही फागुन २० गतेदेखि २३ गतेसम्म तथा २४ गते अन्तर्राष्ट्रिय महिला दिवसका दिन बन्दीप्रत्यक्षीकरणका रिट निवेदनको सुनुवाइका लागि बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत खुला रहनेछ । मतदान हुने दिन फागुन २१ र शनिबार भने बन्दप्तियक्षीकरणको रिटमा सुनुवाइ हुने छैन । 
बन्दीप्रत्यक्षीकरणको रिट निवेदन व्यक्तिको व्यक्तिगत स्वतन्त्रता तथा मौलिक हकसँग प्रत्यक्ष सम्बन्धित विषय भएकाले सार्वजनिक बिदाका दिनसमेत सुनुवाइको व्यवस्था गरिएको सर्वोच्च अदालतले जारी गरेको सूचनामा उल्लेख छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्