नेभिगेशन
उपत्यका

कैदीबन्दीले गरे मतदान

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा देशका विभिन्न कारागारमा रहेका कैदीबन्दीहरूले उत्साहपूर्वक मतदान गरेका छन् । निर्वाचन आयोगको व्यवस्थाअनुसार कारागारभित्रै अस्थायी मतदान केन्द्र स्थापना गरी समानुपातिकतर्फ मतदान गर्ने अवसर प्रदान गरिएको हो । 
जलेश्वर कारागारमा ३० मिनेटमै मतदान सम्पन्न भएको छ । ३९१ कैदीबन्दीमध्ये मतदाता नामावलीमा नाम भएका २१ जनाले मतदान गरे
राजविराज कारागारमा कैदीबन्दी र कर्मचारीसहित ६८ जनाले मतदान गरेका छन् । बागलुङ कारागारमा ५५ मध्ये ५३ मत खसेको मतदान अधिकृत धीरेन्द्रराज पन्तले जानकारी दिए । कास्की कारागारमा शतप्रतिशत मतदान भएको छ । ३७ जनामा सबैले मतदान गरेका हुन् । वीरगंज कारागारमा रहेका ३७ कैदीबन्दीमध्ये ३२ जनाले समानुपातिकतर्फ मतदान गरेका छन् । सुर्खेतमा ८८ जनाले मतदान गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्