नेभिगेशन
सूचना प्रविधि

सामाजिक सञ्जालमा उमेर प्रमाणीकरणको दबाब

काठमाडौं, १२ भदौ - विश्वका विभिन्न देशहरूले सामाजिक सञ्जाल कम्पनीहरूलाई किशोरकिशोरी प्रयोगकर्ताको उमेर प्रमाणीकरण गर्न कडा दबाब दिएका छन् । मेटा, गुगल, एक्स (ट्विटर)लगायतका कम्पनीलाई अब सामाजिक सञ्जालमा वयस्कजन्य सामग्री किशोरले नदेख्ने गरी व्यवस्थापन गर्नुपर्ने माग तीव्र बनेको छ । 

युरोपेली मुलुक फ्रान्स, स्पेन, ग्रीस र डेनमार्कले १५ वर्ष मुनिका प्रयोगकर्ताका लागि सामाजिक सञ्जालमा अभिभावकीय स्वीकृति अनिवार्य गर्ने तयारी गरिरहेका छन् । मेटाले समेत ‘डिजिटल मेजरिटी’ उमेर निर्धारणलाई समर्थन गरेको छ । अस्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग नै निषेध गर्ने नीति ल्याइएको छ । सरकारले विद्यालयका विद्यार्थीलाई प्रयोगकर्ता बनाएर उमेर प्रमाणीकरण प्रणाली परीक्षण गरिरहेको छ ।

अमेरिकाको युटाह र टेक्सस राज्यले एप स्टोरमार्फत उमेर प्रमाणीकरण अनिवार्य गर्ने कानून अघि सारेका छन् । मेटा, स्न्याप र एक्सले यसलाई स्वागत गरेका छन् भने गुगल र एप्पलले गोपनीयता समस्याको कारण चिन्ता व्यक्त गरेका छन् । त्यस्तै, न्यूयोर्क र लुइसियानाले पनि किशोर प्रयोगकर्ताको सामग्री पहु“च सीमित गर्ने व्यवस्था मिलाएका छन् ।

नर्वेले सामाजिक सञ्जाल प्रयोगको न्यूनतम उमेर १५ वर्ष तोक्ने प्रस्ताव अघि सारेको छ भने अफ्रिकी मुलुक केन्याले पनि उमेर प्रमाणीकरण अनिवार्य गर्ने तयारी गरिरहेको छ । यसैबीच, प्रविधि कम्पनीहरूले आइडी जा“च, सेल्फी भिडियो, एआई आधारित प्रमाणीकरण जस्ता प्रणाली विकास गर्न थालेका छन् । तर गोपनीयता र कार्यान्वयनको व्यवहारिक कठिनाइ भने चुनौतीका रूपमा देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्