नेभिगेशन
उपत्यका

महिला कर्मचारीलाई ह्यात प्लेस बुटवलको सम्मान

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ह्यात प्लेस बुटवलले समर्पण, प्रतिबद्धता र नेतृत्व क्षमताप्रति कृतज्ञता व्यक्त गर्दै महिला कर्मचारीलाई सम्मान गरेको छ । ह्यात प्लेसले महिला कर्मचारीको योगदानको उच्च प्रशंसा गर्दै सम्ममान गरेको हो ।
ह्यात प्लेसले आइतबार विज्ञप्ति जारी गरी संस्थाको निरन्तर वृद्धि, उत्कृष्ट सेवा प्रवाह तथा ग्राहक सन्तुष्टिमा महिला कर्मचारीले पु¥याएको महत्वपूर्ण प्रभावलाई सम्मान गरेको जनाएको छ । ह्यात प्लेसले महिला कर्मचारीले अतिथि सत्कारदेखि व्यवस्थापन तहसम्म खेलेको सक्रिय भूमिकाले होटलको सेवालाई अझ उत्कृष्ट बनाउन सहयोग पुगेको जनाएको छ ।
होटलका अनुसार कार्यस्थलमा विविधता र समावेशितालाई प्राथमिकता दिँदै आएको ह्यात प्लेस बुटवलमा हाल ४७ जना महिला कर्मचारी कार्यरत छन् । यो कुल कर्मचारी संख्याको करिब ३० प्रतिशत हो । यो तथ्यांकले कार्यस्थलमा महिला सशक्तीकरण र समान अवसरप्रतिको होटलको प्रतिबद्धता झल्काउने जनाइएको छ ।
यस अवसरमा होटलमा कार्यरत केही महिला नेतृत्वकर्ताले अनुभव साझा गरेका छन् । होटलकी मार्केटिङ म्यानेजर सिम्रन सापकोटाले ह्यात प्लेस बुटवलले महिलालाई नेतृत्व गर्ने अवसर प्रदान गर्दै आफ्ना सिर्जनात्मक विचारहरू अघि बढाउन प्रोत्साहन गर्ने बताइन् ।
होटलले भविष्यमा पनि महिला सशक्तीकरणलाई प्रवद्र्धन गर्दै महिलामैत्री, सुरक्षित तथा सम्मानजनक कार्यवातावरण निर्माण गर्न निरन्तर प्रतिबद्ध रहने जनाएको छ । रूपन्देहीको मुटुमा अवस्थित हायात प्लेस बुटवल आधुनिक शैली, नवीन सेवा र २४सै घण्टा उपलब्ध सुविधासहित व्यापारिक तथा पर्यटकीय यात्रुका लागि उपयुक्त गन्तव्यका रूपमा परिचित छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्