नेभिगेशन
उपत्यका

लायन्स क्लबद्वारा १११ महिला सम्मानित

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा संस्थापक अध्यक्ष लायन् राजिव श्रेष्ठको सभापतित्वमा बिशेष ११ जना महिला जसले समाजमा अतुलनीय योगदान पुर्याएका छन् ती महिलाहरुलाई विशेष सम्मान गरिएको छ। साथै लायन्स अन्तर्राष्ट्रियसँग सहकार्य गरी सामाजिक कार्य गर्ने एक सयजना स्वयंसेवक महिला तथा महिला निर्वाचन प्रहरी र नेपाल प्रहरीलाई पनि सम्मान गरिएको छ। सबै गरी जम्मा १११ जना महिलालाई सम्मान गरिएको श्रेष्ठले जानकारी गराए ।

११६ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर भवानी राणाको प्रमुख आतिथ्यमा सो कार्यक्रम आयोजना गरिएको हो भने बिगत बर्षमा महिला बाइक -याली आयोजना गर्दै आएको थियो। हालको बर्ष प्रतिनिधि सभा चुनाब र सुरक्षा ढृष्टिकोणले  महिला बाइक र्याली गर्न नसकिएको संस्थाको संस्थापक अध्यक्ष लायन् राजिब श्रेष्ठले जानकारी गराए। संस्थाको ब्रान्ड एम्बेशडर लायन् युवा मगरले मिस लायन् पेजेन्ट आउँदो अगष्ट महिनामा आयोजना गरिने र सोको समुद्घाटन र सहभागिताको लागि दरखास्त खुलेको अन्तराष्ट्रिय नारी दिवसको अवसरमा जानकारी गराइएका छन्। 


साथै पुर्ब कुमारी चनिरा बज्राचार्यको बिशेष आतिथ्यमा आयोजित सो कार्यक्रममा कुमारीको आशनमा बसिराख्दा र हाल साधारण जीवन यापन गरिराख्दाको आफनो अनुभव उपस्थित सम्पूर्ण सहभागीहरु बीच सुनाउनु भएको थियो। साथै सञ्चारकर्मी माल्भिका सुब्बाको पनि बिशेष आतिथ्यमा सम्पन्न सो कार्यक्रममा आफ्नो संघर्षको कथा सुनाउँदै उपस्थित महिलाहरु माँझ अन्तर्राष्ट्रिय नारी दिवशको शुभकामना ब्यक्त गरेका छन् । 

संस्थाका सल्लाहकार र भुतपुर्ब डिस्ट्रिक गर्भनर लायन् निरा बज्राचार्यले बिशेष पिनले लायन् युषा मगर, लायन् अम्रिता लामा, संस्थाको पहिलो महिला लायन् सुशिला श्रेष्ठलाई बिशेष सम्मान गर्दै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना दिएका छन् ।

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ के नेपालका क्याबिनेट सेक्रेटरी लायन् त्रिजा ढकालले डिस्ट्रिकको प्रतिनिधित्व गर्दै कबिता मार्फत आफ्नो शुभकामना मन्तव्य दिएका थिए। साथै संस्थाको आगामी दिनको कार्य योजनालाई शुभकामना दिंदै Miss Lions International Pageant को लागि डिस्ट्रिकको सधै साथ र ब्लडहुडको हरेक कार्यक्रममा सत् प्रतिशत साथ रहने जानकारी गराएका थिए ।

लियो अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ के नेपालका डिस्ट्रिक प्रेसिडेन्ट लियो प्रतिभा श्रेष्ठले आफ्नो शुभकामना मन्तव्यमा सम्पूर्ण महिला माझ महिला दिवसको महत्वबारे केहि अनुभव साटेका थिए।

कार्यक्रममा पुर्ब कुमारी चनिरा बज्राचार्य, सञ्चारकर्मी माल्भिका सुब्बा, जेन्जी मुभमेटका नेतृत्वकर्ता सरिष्मा थापा, जुनु थापा मगर (केन्द्रिय सदस्य भलिबल संघ), सजना जिरेल, नेपाल आइडल गङ्गा सोनाम, रेवती गुरुङ, डा.शिभना श्रेष्ठ, डा. मनु कार्की,   
डा स्नेहा श्रेष्ठ, खेलाडी तथा अन्तर्राष्ट्रिय कराँते रेफ्रि करुणा रावत क्षेत्रीलाई विशेष सम्मान प्रदान गरिएको थियो । 

कार्यक्रममा बिशेष सांगीतिक प्रस्तुती नेपाल आइडल गङ्गा सोनामको रहेको थियो । कार्यक्रममा सर्वनाम नाटक घरको बिशेष नाटक प्रदर्शन गरिएको थियो। साथै अन्तर्राष्ट्रिय कराँते खेलाडी बबिता कार्कि र पुजा खड्कालाई नगद पुरस्कार सहित संस्थाको संस्थापक अध्यक्ष राजिब श्रेष्ठ ले सम्मान गरेका थिए । 

लायन्स क्लब अफ काठमाडौँ ब्लडहुडका उपाध्यक्ष लायन् अम्रिता लामाले लायन्स क्लब अफ काठमाडौँ ब्लडहुडले बिगतको दिनमा रक्तदान कार्यक्रममा जोड दिइएको थियो र हाल आएर रक्तदाता उत्प्रेरणा हुने कार्यक्रमहरु गर्दै आएको जानकारी गराउनु भयो। ब्लड डोर्नस सोसाइटी नेपाल काठमाडौं जिल्लाको उपाध्यक्ष समेत रहनु भएको लामा बिगतको दिनमा झै आगामी दिनमा समेत रक्तदान क्षेत्रमा यो संस्थाले सहकार्य गरी अघि बढ्ने कुरा सभामा जानकारी गराए ।

सो कार्यक्रममा लायन्स का अग्रज त्रिजा ढकाल,सुधा थापा, सैलेन्द्र दाहाल, लक्ष्मी थापा,  लायन्स क्लब अफ काठमाडौं ग्रिन टाउनका धुर्ब प्रसाद घिमिरे, जे।बी अधिकारी, लायन्स क्लब अफ काठमाडौं सेक्रेड भ्यालीका संस्थापक अध्यक्ष लायन् मचाकाजी महर्जन, लियो क्लब अफ काठमाडौं ब्लडहुडका संस्थापक अध्यक्ष हिना सिंह को पनि उपस्थिति रहेको थियो।

सो सम्मान कार्यक्रम सँगै रक्तदान कार्यक्रम र आँखा जाँच शिविर पनि लायन्स क्लब अफ काठमाण्डू ब्लड हुड र ग्रिनटाउनको सहकार्यमा पाटनको मंगलबजारमा रक्तदान कार्यक्रम ’  सम्पन्न भएको छ । उक्त कार्यक्रममा १ जना महिला रक्तदाता तथा ६ जना पुरुष रक्तदाताले रक्तदान गरेका छन् । जम्मा ७ जनाले रक्तदान गरेको सो कार्यक्रममा बिभिन्न संघ संस्थाबाट प्रतिनिधि तथा स्थानियहरुको  उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्