नेभिगेशन
उपत्यका

रविरत्न चुडाल पक्राउ

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीनकिट मानिने काठमाडौं–४ सुकेधारा बस्ने झापा गौरादह–५ का ४३ वर्षीय रविरत्न चुडाल पक्राउ परेका छन् । झापा–५ बाट ओली पराजित भएपछि उनले समाजिक सञ्जालमा उक्त क्षेत्रका मतदातालाई गाली गरेको आरोप छ । विद्युतीय  कारोबार ऐन अन्तर्गत कसुर मुद्दामा उनलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । आवश्यक अनुसन्धान तथा कारवाहीका लागि उनलाई इलाका प्रहरी कार्यालय धरान पठाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्