नेभिगेशन
अर्थतन्त्र

नाडाको २९ सदस्यीय नयाँ कार्यसमिति

काठमाडौं । अटोमोबाइल्स क्षेत्रको छाता संस्था नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को २९ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ । दोस्रो केन्द्रीय कार्य समितिको बैठकले नाडाको विधान २०७१ (संशोधन सहित) को दफा २०.७ बमोजिम सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा नयाँ कार्य समितिलाई पूर्णता दिइएको हो । 
नाडाले गत पुस २५ मा काठमाडौंमा सम्पन्न निर्वाचनबाट निर्वाचित केन्द्रीय सदस्यहरूमध्येबाट पदाधिकारीहरूको चयन गर्दै नयाँ कार्य समिति गठन गरेको हो । नवनिर्वाचित कार्य समितिमा अध्यक्षमा उप्रेती तथा निवर्तमान अध्यक्ष करणकुमार चौधरी संस्थागत उपाध्यक्षमा चयन भएका छन् । त्यस्तै, संस्थागत उपाध्यक्षमा भद्र भण्डारी र गणेशप्रसाद भट्टराई, उपाध्यक्षमा विक्रम सिंघानिया र अभिक ज्योति चयन भएका छन् ।
महासचिवमा मिलनबाबु मल्ल, सचिवमा मेघराज पौड्याल, कोषाध्यक्षमा पंकज अग्रवाल तथा सह–कोषाध्यक्षमा निलमणि पाठक चयन भएका छन् । संस्थागत सदस्यहरूबाट प्रदेश सदस्यका रूपमा डिल्लीराम आचार्य, केदारकुमार अग्रवाल, दामोदर अटल, दिपेन्द्र कोइराला र पुष्कर ओझा चयन भएका छन् । साधारण सदस्यहरूबाट अनुपकुमार बराल, तोयानाथ खनाल, दिपकराज गिरी, दिपेन्द्रकुमार मिश्र, दिवाकर मिश्र, नवराज भुसाल, नवीनकुमार पारख, नारायणप्रसाद पौडेल, प्रकाश कपुरी, विकास जोशी र विमल साह सदस्यमा चयन भएका छन् ।
त्यसैगरी, अध्यक्षबाट मनोनित सदस्यहरूमा दिपककुमार अग्रवाल, महेश पाल र राजेशप्रसाद गिरी रहेका छन् । यसै अवसरमा अध्यक्ष उप्रेतीले नाडाका पूर्व अध्यक्षहरूको सम्मानमा भेटघाट तथा छलफल कार्यक्रमसमेत आयोजना गरेका थिए । कार्यक्रममा संस्थाको भावी रणनीति तथा अटोमोबाइल क्षेत्रको विकासबारे समेत छलफल गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्